Saturday, November 25, 2023

अन्तर्वार्ता (अङ्क ६ मा प्रकाशित)

*****************
लेखक परिचय

कपिलदेव लामिछानेको साहित्यिक नाम कपिल लामिछाने हो । बुबा सुकदेव र आमा सुकमाया लामिछानेको सुपुत्रका रुपमा वि. सं. २०१५, आश्विन २४ पोखरा–२८, माझठाना, कास्कीमा जन्म भएको हो ।

त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर (प्रथम श्रेणीमा प्रथम) पश्चात् उहाँले लोकसाहित्यको गाउँखाने कथामा विद्यावारिधि गर्नु भएको हो ।

हाल उहाँ सिद्धार्थनगर– ७, सगरमाथा पथ, डाँडागाउँ, भैरहवा, रुपन्देहीमा स्थायी रुपमा बस्दै आउनु भएको छ । लोकवार्ता, लघुकथा, कथा, बालकथा,  पत्रकारिता, व्याकरण, लामो कविता, समालोचना, लोककथा, उपन्यास, उखान टुक्का लगायतका विभिन्न विधामा उहाँको कलम सशक्तरुपमा चलेको पाइन्छ । उहाँसँग लघुकथा संसारका गोमविक्रम र प्रा.डा. कपिल लामिछानेका बीचको कुराकानी यहाँ प्रस्तुत गरिएको छः                                        ***************** 

गोम ः      लघुकथा के हो ? उत्कृष्ट लघुकथा हुन केकस्ता गुणहरू हुनुपर्ला ?

डा. कपिल ः नवराज रिजालको माटो खोज्दै (२०६७) लघुकथासङ्ग्रहमा मैले लेखेकोे छु ः “लघुकथा साहित्यको नवीनतम र लघुआयाम भएको छोटोछरितो आख्यानात्मक गद्य विधा हो । लघुतमरुपमा प्रस्तुत हुनु, आख्यान भइकन पनि मुक्तकीय प्रभाव छाड्न सक्नु, छोटोछरितो वा संक्षिप्त हुनु, भावको तीव्रता हुनु आफैमा पूर्ण हुनु यसका विशेषता हुन् । कथ्य वा अन्तर्वस्तु जे भए पनि यसले आख्यानशैलीमा थोरैमा धेरै भन्ने सामथ्र्य राख्दछ ।” यसबाहेक व्यङ्ग्य तथा एकाएक सुरु भएर अन्त हुनु, शीर्षकमा या सुरुमै कुरा नखोली अन्तमा रहस्य खोल्नु वा रहस्य राखेरै अन्त हुनु पनि यसका गुण वा विशेषता हुन् । 


गोम ः     अहिले लेखिएका लघुकथाहरूको कमजोर पक्ष ? अथवा लघुकथाका चुनौतीहरू ?

डा. कपिल ः धेरै कमजोरी हुनसक्छन् । लघुकथा भनेर लेख्दा चुट्किला लेख्नु एउटा कमजोर पक्ष हो । व्यङ्ग्य, अचानक उठान र अन्त, घटनाको सक्षिप्त विस्तार हुने हुँदा लघुकथाका कतिपय विशेषता चुट्किलासित मिल्न जान्छन् । एउटा लघुकथा स्रष्टाले आफ्नो लघुकथा चुट्किला बन्नबाट जोगाउनु पर्छ । शब्द गनेर छोटो बनाउनु अर्को कमजोरी हो । यसो गर्दा लघुकथा नभएर छोटो कथा हुने खतरा रहन्छ । लघुको अर्थ थोरै शब्द भन्ने होइन । जीवनका थोरै अर्थात् न्यूनतम आख्यान भन्ने हो । आख्यान न्यूनतम भएपछि शब्द स्वतः थोरै हुन्छन् । पात्र पनि कम हुनुपर्ने हुन्छ । पात्र थोरै भए शब्द थोरै हुन मद्दत पुग्छ । परिवेश वा स्थान र समय पनि न्यूनतम हुनुपर्ने हुन्छ । यिनै कमजोरीबाट बचेर लघुकथाको सिर्जना गर्नु लघुकथा स्रष्टाका लागि चुनौती रहेका छन् ।

गोम ः      नेपाली लघुकथाको अवस्था कस्तो छ ? विश्व साहित्यको बजारसम्म पु¥याउन के गर्न सकिएला ?

डा. कपिल ः नेपाली लघुकथाको अवस्था समृद्ध हुने दिशातिर अग्रसर छ । सङ्ख्यात्मक दृष्टिले हेर्दा हालसम्ममा लघुकथाका तीन सयभन्दा बढी पुस्तक प्रकाशित भइसकेका छन् । सीमित भए पनि लघुकथा स्कुले पाठ्यपुस्तकमा परेका छन् । गुणात्मक दृष्टिले स्तरीय र मानक लघुकथा प्रकाशमा आएका छन् । हरेक साहित्यिक पत्रिकामा लघुकथाले उल्लेख्य ठाउँ पाएको छ । यसले लघुकथा स्वतन्त्र र लोकप्रिय विधा भएको पुष्टि गर्दछ । केही स्रष्टा लघुकथा मात्र लेखेर स्थापित भएका छन् । लघुकथासम्बन्धी सैद्धान्तिक र प्रायोगिक समालोचना ग्रन्थ प्रकाशित भएका छन् । लामा कृतिमा पाठकको रुचि घटेको छ भने लघुकथाप्रति आकर्षण बढेको छ । पत्रपत्रिकाहरूले लघुकथाका विशेषाङ्क निकालेका छन् । लघुकथाको विकासका लागि संस्था खुलेका छन् । लघुकथा पुरस्कारको स्थापना भएको छ । लघुकथा गोष्ठीहरू भएका छन् । लघुकथामा डा. पुष्करराज भट्ट र डा. हरिप्रसाद भण्डारीले दर्शनाचार्य र विद्यावारिधि गरिसकेका छन् । दर्जनौँ सामाजिक सञ्जालमा दिनहुँ लघुकथा पोस्ट भइरहेका छन् । प्रत्यक्ष वाचन र समीक्षा भइरहेका छन् । लघुकथासम्बन्धी यस्ता गतिविधि र क्रियाकलाप लघुकथाको जीवन्तताका प्रमाण हुन्।

नेपाली लघुकथा कमजोर छैनन् । सबै उम्दा पनि छैनन् । विश्व बजारमा लैजाने वा जाने भनेकै उत्कृष्ट लघुकथा हो । नेपाली लघुकथालाई विश्व बजारसम्म पु-याउन सबैभन्दा पहिले उत्कृट लघुकथाको चयन गर्नुपर्ने हुन्छ । अनि त्यस्ता लघुकथालाई कुशल अनुवादकबाट अनुवाद गर्ने गराउने काम हुनुपर्ने हुन्छ । त्यसपछि प्रकाशित गरेर विश्व बजारमा पु-याउन सकिन्छ । नेपाली लघुकथा त्यसलायक छन् ।

प्रा.डा. कपिलदेव लामिछाने आफ्नो कृतिसाथ, उहाँका ६५ भन्दा बढी पुस्तकहरु प्रकाशित छन् ।

----------------------------------------------------------------------------------------------------------------------------
साहित्यिक योगदान वापत संघ–संस्थाबाट पुरस्कारहरूबाट सम्मानित

सिद्धार्थ साहित्य पुरस्कार (२०७३), त्रिमूर्ति निकेतन, काठमाडौँबाट सत्यमोहन जोशी शताब्दी पदक (२०७३), लघुकथा समाज, काठमाडौँबाट धनमान लघुकथा सम्मान (२०७४), सिद्धार्थ साहित्य परिषद्बाट मीन–पद्म गौचन स्मृति पुरस्कार (२०७४), सुरभि साहित्य प्रतिष्ठान, काठमाडौँबाट सुलेख आख्यान प्रतिभा पुरस्कार (२०७४), चेतना संरक्षण प्रतिष्ठान नेपाल, विराटनगरबाट रु एक लाख एक हजार राशिको धर्मानन्द रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार (२०७५), क्याम्पस प्रमुख भई क्याम्पसको भौतिक तथा शैक्षिक उन्नयनमा पु¥याएको योगदानका निमित्त भैरहवा बहुमुखी क्याम्पसको स्वर्ण महोत्सवका उपलक्ष्यमा सम्मान (२०७५), त्रिवि प्राध्यापक संघको एकाइ सभापति भई क्याम्पसको भौतिक तथा शैक्षिक उन्नयनमा पु-याएको योगदानका निमित्त भैरहवा बहुमुखी क्याम्पसको स्वर्ण महोत्सवका उपलक्ष्यमा सम्मान (२०७५), क्याम्पसमा अटुट रुपमा प्राध्यापन गरी क्याम्पसको भौतिक तथा शैक्षिक उन्नयनमा पु-याएको योगदानका निमित्त भैरहवा बहुमुखी क्याम्पसको स्वर्णमहोत्सवका उपलक्ष्यमा सम्मान (२०७५), लामिछाने बन्धु समाज पोखरा महानगरपालिका– २८, माझठानाबाट विद्यावारिधि गरी भाषा, साहित्य र लोकसाहित्यको प्रवर्धनमा उल्लेख्य योगदान गरी लामिछाने कुलको प्रतिष्ठा बढाएकोमा विशिष्ट कुलदीपक सम्मान (२०७६), लुम्बिनी वचत तथा ऋण सहकारी संस्था, बुटवलबाट लुम्बिनी साहित्य पुरस्कार (२०७७), भेरी साहित्य समाज, बाँकेबाट लछिमा शेरबहादुर रानाभाट स्मृति सम्मान (२०७७), राप्ती साहित्य परिषद्, जिल्ला शाखा रुकुम पश्चिमबाट सम्मान (२०७८), मनुमुक्त मानव मेमोरियल ट्रस्ट, नारनौल, हरियाणा (भारत)बाट विश्वसाहित्य सेवी सम्मान (२०७९), सिर्जनशील साहित्यिक समाज, भैरहवाबाट सिर्जनशील श्री फाइनान्स साहित्यिक पुरस्कारबाट सम्मानित (२०७९), साहित्य दिवस–२०८० को उपलक्ष्यमा २०८० वैशाख १ गते साहित्य प्रवद्र्धन केन्द्र नेपाल, काठमाडौँबाट नन्द–टुल्की–आनन्द साहित्य सम्मान–२०७८, नवसर्जक साहित्य चौतारी, लुम्बिनी प्रदेशबाट बालसाहित्य लेखन तथा अन्वेषणका निमित्त लुम्बिनी प्रदेश बालसाहित्य पुरस्कार तथा नवसर्जक साहित्य सम्मान २०८० आदि बाट सम्मानित हुनुहुन्छ ।

-----------------------------------------------------------------------------------------------------------------------------

गोम ः हजुरको विचारमा स्मरणीय लघुकथा ः आफ्नो/अरुको सङ्ग्रहको नाम र त्यसको कारण ?

डा. कपिल ः  आफ्नो र अरुको भन्दिनँ । कसैको नाम लिएर कसैलाई छाड्न पनि चाहन्नँ । कारण चाहिँ भन्छु । नेपालीमा धेरै लघुकथा स्मरणीय छन् । स्मरण गर्ने कारण भने अनेक छन् । कुनै सामाजिक यथार्थका दृष्टिले, कुनै रुढिवाद विरोधी भएकाले, कुनै असमानता र विभेदविरुद्धको प्रतिकारका दृष्टिले, कुनै सामाजिक चेतना र मनोवैज्ञानिक दृष्टिले उल्लेख्य छन् । तिनको उठान, विस्तार र अन्त तथा तिनले ध्वनित गरेको सन्देश एकपटक पढेपछि कहिल्यै बिर्सिँदैन । हो, त्यस्ता लघुकथाको अपेक्षा रहेको छ ।  

उहाँले विद्यावारिधि लोकसाहित्यको
गाउँखाने कथामा गर्नुभएको थियो ।

गोम ः  लघुकथामा कसरी आकर्षित हुनु भो ? अरुलाई आकर्षित गर्न के गर्न सकिएला ?

डा. कपिल ः नेपाली लघुकथाका भवनमा एक इँटा भए पनि थप्न मन लागेर लेखेँ । मैले २०४४ सालदेखि लघुकथा लेख्न थालेको हुँ । त्यतिखेर लघुकथा लेख्ने जम्मा एक दर्जन लेखक   थिए । प्रोत्साहनभन्दा दुरुत्साहन बढी हुन्थ्यो । लघुकथा लेख्नेलाई लेखक नै नगन्ने अवस्था थियो । म त्यस अवस्थालाई बदल्न चाहन्थेँ । त्यसैले लेखेँ । लेखेपछि फेरि लेखेँ । पहिले सजिलै लाग्थ्यो । अब कठिन लाग्छ ।

लेखकले राम्रो लेख्ने हो भने पाठक त्यसै आकर्षित भइहाल्छन् । लघुकथाका नाममा जेतेमेते लेख्ने हो भने बनेका पाठक पनि बिच्किन सक्छन् ।

गोम ः लघुकथामा दिवंगत तर सम्झिनु पर्ने नाम ?


नेपाली लघुकथाको इतिहास बनाएका केही सर्जक दिवंगत भए पनि ती सदैव स्मरणीय छन् । पूणर्प्रसाद ब्राह्मण, जयनारायण गिरी, शशिकला शर्मा, विश्वम्भर प्याकुरेल, रमेश नेपाली, दुर्लभलाल सिंह, जगदीश घिमिरे, गोरखबहादुर सिंह, विनयकुमार कसजू आदि त्यस्ता नाम हुन् जस्तो लाग्छ ।

गोम ः लघुकथाको उन्नयनका निमित्त पत्रपत्रिका, सामाजिक सञ्जाल तथा अन्य मिडिया वा माध्यमको भूमिका कस्तो अपेक्षा राख्नुहुन्छ ?

डा. कपिल ः कुनै पनि विधाको विकास स्रष्टाले सिर्जना गरेर मात्र हुँदैन । लघुकथा त झन् फुटकर विधा  हो । यसको उन्नयनका निमित्त पत्रपत्रिका, सामाजिक सञ्जाल तथा अन्य माध्यमको उल्लेख्य भूमिका हुन्छ । अधिकांश लघुकथाका स्रष्टा सुरुमा पत्रपत्रिका तथा सामाजिक सञ्जालबाट उदाएका र चिनिएका हुन् । स्थापितलाई पनि पत्रपत्रिका र सामाजिक सञ्जाल उपयोगी भइरहेकै देखिन्छ ।

पत्रपत्रिका र सामाजिक सञ्जालका सम्पादकले जेजस्तो आयो, त्यो त्यस्तै छापिदिएको वा प्रसारण गरिदिएको देखिन्छ । सम्पादक सम्पादक भएनन् । संयोजनकर्ता मात्र भए । लघुकथा नभएकोलाई लघुकथा भनेर छाप्नु भएन । स्वीकृत गर्नुभएन । कुनै रचना लघुकथा भयो कि भएन भनेर जान्न त्यसको पूर्वज्ञान सम्पादकमा हुनैपर्छ । म चाहन्छु, पत्रपत्रिका र सामाजिक सञ्जालका सम्पादक कारिन्दा होइन, जिम्मेवार सम्पादक भइदेऊन् । 
----------------------------------------------------------------------------------------------------------------------------

पहिलो लघुकथा ः ‘कुप्राहरूको देश’, २०४४, भैरहवाबाट प्रकाशन हुने अणु पत्रिकामा उहाँको लघुकथा प्रकाशित हुन आरम्भ भएको थियो ।
प्रकाशित लघुकथासङ्ग्रहहरू ः
अन्यथा (२०५४), जलमानव (२०६१), बोन्साई (२०६८), विस्थापन (२०७५), अणिमा (२०७९), मन्त्रीको मुस्कान (२०८०) आदि ।

अन्य विधाका पुस्तकहरू हुन् ः मरुभूमिका पोथ्राहरू (कथासङ्ग्रह) (२०४४ र २०६२), पत्रकारिताको रूपरेखा (सहलेखन) (२०५०, २०५३, २०५९, २०६१), अक्षर (बालकथासङ्ग्रह) २०५१, काले कुकुर (बालकथासङ्ग्रह) २०५१, भाँडाकुटी (बालकथासङ्ग्रह) २०५८, सुनकथा (बालकथासङ्ग्रह) २०५९, राँके भूत (बालकथासङ्ग्रह) २०६१, भोकयुद्ध (कथासङ्ग्रह) (२०५७, २०६५), नेपाली साहित्यको सेरोफेरो (समालोचना) २०५८, अनिवार्य नेपाली व्याकरण र अभिव्यक्ति (उच्च माध्यमिक तह) २०६०, अनिवार्य नेपाली व्याकरण र अभिव्यक्ति (प्रमाणपत्र तह) २०६०, म्याउँ म्याउँ बिरालो (बालचित्रकथा) २०६०, नेपाली र अङ्ग्रेजी भाषामा, रमाईला गाउँखाने कथा (२०६१, २०६७ र २०७१, २०७६), अक्टोपसहरू (लामो कविता) २०६१, साधारण नेपाली (संयुक्त) २०६१, नाङ्लाजत्रो फूल (बालकथासङ्ग्रह) २०६२, रमाइला केही कथा (बाललोककथा), २०६३, दसैं, पिङ र हात्ती (बालकथासङ्ग्रह), २०६३, ठूलो मान्छे (बालउपन्यास), २०६३, मुसाको बस्ती (बालउपन्यास), २०६४,  नेपाली लोकगाथाको अध्ययन, (समालोचना) २०६४, हाम्रा गाउँखाने कथा (चित्रकथा), २०६६, कपिल लामिछानेका बालकथाहरू २०६६ र पुनर्मुद्रण २०६७, कर्मले बने बुद्ध (चित्रकथा) २०६७, साथी कछुवा (चित्रकथा) २०६७, भरी भयो भकारी (चित्रकथा) २०६८, नेपाली लोकगीतको अध्ययन (समालोचना) २०६८, नेपाली गाउँखाने कथाको अध्ययन (समालोचना) २०६८, समालोचनाको सोपान (समालोचना) २०६८, बोन्साइ (लघुकथासङ्ग्रह) २०६८, आऊ साथी गाऊँ गाउँखाने कथा (चित्रकथा) २०६९, समीक्षा सिद्धान्त र समीक्षाहरू (समालोचना) २०६९, नेपाली उखान र टुक्काको अध्ययन (समालोचना) २०६९, हरियो वन (बालचित्रकथा) २०६९, कौवा किन कालो ? (चित्रकथा), २०७०, धजथ तजभ ऋचयध ष्क दबिअप ९द्दण्ठण्०, घुम्न जाऊँ दोलखा (चित्रकथा), २०७०,  सिद्धार्थको धन (बालकथासङ्ग्रह), २०७२, काग र रोटी (चित्रकथा), २०७१, काग र भ्यागुता (चित्रकथा), २०७२ अप्पू डट कम (चित्रकथा), २०७४, बाँस र चंगा (चित्रकथा), २०७५, जगदम्बा नेपाली साहित्यको वृहत् इतिहास (अंशलेखन) २०७६, लोकसाहित्य सिद्धान्त, २०७७र नेपाली बौद्ध प्रबन्धकाव्यको अध्ययन (२०७९), नेपाली कथामा कृषिजीवन (२०७९), मुस्लिम संस्कारगीत (२०८०) आदि ।
----------------------------------------------------------------------------------------------------------------------------

 लघुकथा के हो ? उत्कृष्ट लघुकथा हुन केकस्ता गुणहरू हुनुपर्ला ?

डा. कपिल ः नवराज रिजालको माटो खोज्दै (२०६७) लघुकथासङ्ग्रहमा मैले लेखेकोे छु ः “लघुकथा साहित्यको नवीनतम र लघुआयाम भएको छोटोछरितो आख्यानात्मक गद्य विधा हो । लघुतमरुपमा प्रस्तुत हुनु, आख्यान भइकन पनि मुक्तकीय प्रभाव छाड्न सक्नु, छोटोछरितो वा संक्षिप्त हुनु, भावको तीव्रता हुनु आफैमा पूर्ण हुनु यसका विशेषता हुन् । कथ्य वा अन्तर्वस्तु जे भए पनि यसले आख्यानशैलीमा थोरैमा धेरै भन्ने सामथ्र्य राख्दछ ।” यसबाहेक व्यङ्ग्य तथा एकाएक सुरु भएर अन्त हुनु, शीर्षकमा या सुरुमै कुरा नखोली अन्तमा रहस्य खोल्नु वा रहस्य राखेरै अन्त हुनु पनि यसका गुण वा विशेषता हुन् । 


गोम ः     अहिले लेखिएका लघुकथाहरूको कमजोर पक्ष ? अथवा लघुकथाका चुनौतीहरू ?

डा. कपिल ः धेरै कमजोरी हुनसक्छन् । लघुकथा भनेर लेख्दा चुट्किला लेख्नु एउटा कमजोर पक्ष हो । व्यङ्ग्य, अचानक उठान र अन्त, घटनाको सक्षिप्त विस्तार हुने हुँदा लघुकथाका कतिपय विशेषता चुट्किलासित मिल्न जान्छन् । एउटा लघुकथा स्रष्टाले आफ्नो लघुकथा चुट्किला बन्नबाट जोगाउनु पर्छ । शब्द गनेर छोटो बनाउनु अर्को कमजोरी हो । यसो गर्दा लघुकथा नभएर छोटो कथा हुने खतरा रहन्छ । लघुको अर्थ थोरै शब्द भन्ने होइन । जीवनका थोरै अर्थात् न्यूनतम आख्यान भन्ने हो । आख्यान न्यूनतम भएपछि शब्द स्वतः थोरै हुन्छन् । पात्र पनि कम हुनुपर्ने हुन्छ । पात्र थोरै भए शब्द थोरै हुन मद्दत पुग्छ । परिवेश वा स्थान र समय पनि न्यूनतम हुनुपर्ने हुन्छ । यिनै कमजोरीबाट बचेर लघुकथाको सिर्जना गर्नु लघुकथा स्रष्टाका लागि चुनौती रहेका छन् ।

गोम ः      नेपाली लघुकथाको अवस्था कस्तो छ ? विश्व साहित्यको बजारसम्म पु¥याउन के गर्न सकिएला ?

डा. कपिल ः नेपाली लघुकथाको अवस्था समृद्ध हुने दिशातिर अग्रसर छ । सङ्ख्यात्मक दृष्टिले हेर्दा हालसम्ममा लघुकथाका तीन सयभन्दा बढी पुस्तक प्रकाशित भइसकेका छन् । सीमित भए पनि लघुकथा स्कुले पाठ्यपुस्तकमा परेका छन् । गुणात्मक दृष्टिले स्तरीय र मानक लघुकथा प्रकाशमा आएका छन् । हरेक साहित्यिक पत्रिकामा लघुकथाले उल्लेख्य ठाउँ पाएको छ । यसले लघुकथा स्वतन्त्र र लोकप्रिय विधा भएको पुष्टि गर्दछ । केही स्रष्टा लघुकथा मात्र लेखेर स्थापित भएका छन् । लघुकथासम्बन्धी सैद्धान्तिक र प्रायोगिक समालोचना ग्रन्थ प्रकाशित भएका छन् । लामा कृतिमा पाठकको रुचि घटेको छ भने लघुकथाप्रति आकर्षण बढेको छ । पत्रपत्रिकाहरूले लघुकथाका विशेषाङ्क निकालेका छन् । लघुकथाको विकासका लागि संस्था खुलेका छन् । लघुकथा पुरस्कारको स्थापना भएको छ । लघुकथा गोष्ठीहरू भएका छन् । लघुकथामा डा. पुष्करराज भट्ट र डा. हरिप्रसाद भण्डारीले दर्शनाचार्य र विद्यावारिधि गरिसकेका छन् । दर्जनौँ सामाजिक सञ्जालमा दिनहुँ लघुकथा पोस्ट भइरहेका छन् । प्रत्यक्ष वाचन र समीक्षा भइरहेका छन् । लघुकथासम्बन्धी यस्ता गतिविधि र क्रियाकलाप लघुकथाको जीवन्तताका प्रमाण हुन् ।

नेपाली लघुकथा कमजोर छैनन् । सबै उम्दा पनि छैनन् । विश्व बजारमा लैजाने वा जाने भनेकै उत्कृष्ट लघुकथा हो । नेपाली लघुकथालाई विश्व बजारसम्म पु¥याउन सबैभन्दा पहिले उत्कृट लघुकथाको चयन गर्नुपर्ने हुन्छ । अनि त्यस्ता लघुकथालाई कुशल अनुवादकबाट अनुवाद गर्ने गराउने काम हुनुपर्ने हुन्छ । त्यसपछि प्रकाशित गरेर विश्व बजारमा पु¥याउन सकिन्छ । नेपाली लघुकथा त्यसलायक छन् ।

गोम ः हजुरको विचारमा स्मरणीय लघुकथा ः आफ्नो ÷अरुको सङ्ग्रहको नाम र त्यसको कारण ?

डा. कपिल ः  आफ्नो र अरुको भन्दिनँ । कसैको नाम लिएर कसैलाई छाड्न पनि चाहन्नँ । कारण चाहिँ भन्छु । नेपालीमा धेरै लघुकथा स्मरणीय छन् । स्मरण गर्ने कारण भने अनेक छन् । कुनै सामाजिक यथार्थका दृष्टिले, कुनै रुढिवाद विरोधी भएकाले, कुनै असमानता र विभेदविरुद्धको प्रतिकारका दृष्टिले, कुनै सामाजिक चेतना र मनोवैज्ञानिक दृष्टिले उल्लेख्य छन् । तिनको उठान, विस्तार र अन्त तथा तिनले ध्वनित गरेको सन्देश एकपटक पढेपछि कहिल्यै बिर्सिँदैन । हो, त्यस्ता लघुकथाको अपेक्षा रहेको छ ।

गोम ः  लघुकथामा कसरी आकर्षित हुनु भो ? अरुलाई आकर्षित गर्न के गर्न सकिएला ?

डा. कपिल ः नेपाली लघुकथाका भवनमा एक इँटा भए पनि थप्न मन लागेर लेखेँ । मैले २०४४ सालदेखि लघुकथा लेख्न थालेको हुँ । त्यतिखेर लघुकथा लेख्ने जम्मा एक दर्जन लेखक   थिए । प्रोत्साहनभन्दा दुरुत्साहन बढी हुन्थ्यो । लघुकथा लेख्नेलाई लेखक नै नगन्ने अवस्था थियो । म त्यस अवस्थालाई बदल्न चाहन्थेँ । त्यसैले लेखेँ । लेखेपछि फेरि लेखेँ । पहिले सजिलै लाग्थ्यो । अब कठिन लाग्छ । लेखकले राम्रो लेख्ने हो भने पाठक त्यसै आकर्षित भइहाल्छन् । लघुकथाका नाममा जेतेमेते लेख्ने हो भने बनेका पाठक पनि बिच्किन सक्छन् ।

गोम ः लघुकथामा दिवंगत तर सम्झिनु पर्ने नाम ?

नेपाली लघुकथाको इतिहास बनाएका केही सर्जक दिवंगत भए पनि ती सदैव स्मरणीय छन् । पूणर्प्रसाद ब्राह्मण, जयनारायण गिरी, शशिकला शर्मा, विश्वम्भर प्याकुरेल, रमेश नेपाली, दुर्लभलाल सिंह, जगदीश घिमिरे, गोरखबहादुर सिंह, विनयकुमार कसजू आदि त्यस्ता नाम हुन् जस्तो लाग्छ ।

गोम ः लघुकथाको उन्नयनका निमित्त पत्रपत्रिका, सामाजिक सञ्जाल तथा अन्य मिडिया वा माध्यमको भूमिका कस्तो अपेक्षा राख्नुहुन्छ ?


डा. कपिल ः कुनै पनि विधाको विकास स्रष्टाले सिर्जना गरेर मात्र हुँदैन । लघुकथा त झन् फुटकर विधा  हो । यसको उन्नयनका निमित्त पत्रपत्रिका, सामाजिक सञ्जाल तथा अन्य माध्यमको उल्लेख्य भूमिका हुन्छ । अधिकांश लघुकथाका स्रष्टा सुरुमा पत्रपत्रिका तथा सामाजिक सञ्जालबाट उदाएका र चिनिएका हुन् । स्थापितलाई पनि पत्रपत्रिका र सामाजिक सञ्जाल उपयोगी भइरहेकै देखिन्छ ।

पत्रपत्रिका र सामाजिक सञ्जालका सम्पादकले जेजस्तो आयो, त्यो त्यस्तै छापिदिएको वा प्रसारण गरिदिएको देखिन्छ । सम्पादक सम्पादक भएनन् । संयोजनकर्ता मात्र भए । लघुकथा नभएकोलाई लघुकथा भनेर छाप्नु भएन । स्वीकृत गर्नुभएन । कुनै रचना लघुकथा भयो कि भएन भनेर जान्न त्यसको पूर्वज्ञान सम्पादकमा हुनैपर्छ । म चाहन्छु, पत्रपत्रिका र सामाजिक सञ्जालका सम्पादक कारिन्दा होइन, जिम्मेवार सम्पादक भइदेऊन् । 

No comments:

Post a Comment