Saturday, November 25, 2023

म किन लेख्छु ? (अङ्क २ मा प्रकाशित)

किनभने अरुले पढुन् । किनभने पढेपछि सोचुन्, महसुस गरुन्– यो त खराब भएछ । वा मैले लेखेको पढेर लागोस्– यस्तो विकृति, यस्तो अन्याय, यस्तो कुरीति, यस्तो अन्धकार ? लागोस्– यो त ठीक भएन । पढ्नेहरुलाई लागोस्– यो त बदल्नु पर्छ । आफैँले गरेको रहेछ भने त झन् लागोस्– मैले त गलत गरिरहेको रहेछु । उसलाई छोओस्– यो बेठीक, बदलाब आउनै पर्छ ।

समाज वा राष्ट्र वा संसार वा समग्रमा मान्छे मेरो लेखनको ध्येय हो । म केन्द्रमा मान्छेलाई राखेर लेख्छु, लेख्न खोज्छु ।

स्वान्त सुखाय मेरो लेखनको ध्येय होइन । लेखेर आफैँ पढी, म आफैँ रमाउन्न । तर, राम्रो लेख्न सकेँ भनेँ तत्क्षण म तृप्त पनि हुन्छु । त्यसपछि प्रकाशनमा लैजाने कुरा, अझै समाजले ग्रहण गरेपछि अझै सन्तुष्टि प्राप्त हुने कुरा हुन्, हुँदै जाने कुरा । तर, मेरो लेखनको ध्येय वा मुख्य कुरा म समाजका लागि लेख्छु । मेरो एकमात्र ध्येय समाज रुपान्तरण... ।

No comments:

Post a Comment