Saturday, November 25, 2023

म किन लेख्छु ? (अङ्क २ मा प्रकाशित)

गत आधा दशकदेखि नेपाली साहित्यका विविध विधाहरु– कविता, मुक्तक, कथा, लघुकथा, गजल, हाइकु, गीत तथा संस्मरण लेख्दै आएको छु । साहित्य लेखनको मेरो अभिष्ट चाहिँ शेषपछि पनि साहित्यिक कृति मार्फत आफूलाई जीवन्त राख्न सकिन्छ कि भन्ने हो । विशेषगरी साहित्य, कला र सङ्गीतको विश्वचर्चित महान स्रष्टाहरुको जीवनीबाट नै मलाई यस्तो प्रेरणा प्राप्त भएको हो । मैले पहिलो पटक पढेको महाकाव्य रामायण र मुना–मदनका साथै भानुभक्तको जीवनी मेरो साहित्य लेखनमा प्रेरणाको स्रोत हुन् ।

विभिन्न कालखण्डमा देशमा भएको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तन पश्चात आएको विसङ्गति, विकृति र बेथितिहरु नै मेरो लेखनका प्रमुख विषय भए । किनभने मानिस समाजबाट अलग रहन सक्तैन र समाजमा घटेका घटनाले उसलाई सकारात्मक र नकारात्मक प्रभाव पारेकै हुन्छ । साहित्य, कला र गीत–सङ्गीत जीवनको अमिट पाटो हो । मेरो रोजाइमा साहित्य प-यो । साहित्यमा लाग्ने लेखकको स्वच्छ छवि र निष्पक्ष भावना नै विशेष गुण हो । सर्वप्रिय कृतिबाट नै लेखक सफल स्रष्टा बन्नसक्छ ।

No comments:

Post a Comment