भोलेनाथ
-नारायण खनाल भावुक
मध्यबिन्दु – ७ चोरमारा
लाहोर थियो लल्लन । सतबरिया तोरी उखेल्न मेलामा । अघिल्लो दिन आएको फोन उठाई उसले– "शिवरात्री पूजन गर्नू । म आएपछि बिहे गरौँला. ।"
'फटाहा लोगन ! हिम्मत भए बाउसँग छोरी माग्न आऊ । म छोरी मान्छे हो । अन्तै दियो भने दियो ।' उस्ले लजाउँदै यतिसम्म भनी– "भन्दिनू मलाई पढ्न मन छ । केही बहाना बनाउनू । बिहे नगर्नू । बुझिस् नि मेरो कुरा ? खा कसम मेरो अगाडि" –उस्ले भन्यो ।
“सुन् लल्लन ! मेरो माईले भनेको नि – "बिहे नहुँदासम्म केटीको कति केटा हुन्छ कति ? बिहेपछि त एउटै हुने हो रे । त्यै असल केटा पाउन त व्रत राख्छौ नि हामी ?’’ –विश्वासपूर्ण भावमा गहिरो श्वास लिदै उसले भनी ।
'देवोका देव भोलेनाथ ! बालिके ! तिम्रो भक्तिदेखि म प्रशन्न छु' – उस्ले भन्यो । किन पत्याओस् र उस्ले भनिदिई– "तिमी शिव भए म पार्वती । लौ कलाकारी देखाऊ मर्द हौ भने । यो कुरामा मेरो बाउले पनि मञ्जुरी देला । बुझ्यौ ?"
साम्नेबाट आउँदै गरेको महाशिवरात्रीको झाँकी देखेर ऊ लोभिई र संयमित भई । दुरुस्त भोलेनाथलाई घेरेका थिए हजारौं भक्तहरूले । चर्को भक्तिगान भित्रको आवाज सायद परम् भक्तहरूमात्रै सुन्थे । रथ नजिकै थियो । बाउआमापछि माथा टेक्ने पालो सतवरियाकै थियो । निसङ्कोच भक्तिमा लीन भएको देखेर भोलेले हात उठाएर सुस्तरी भने– "गौरसे ताक । मु– लल्लन ।" ऊ सम्मोहित भएर बग्दै गएको बाउलेसम्म चाल पाएन ।
No comments:
Post a Comment