धनी बन्नका लागि
-डोली शाह
हैलाकंदी (असम), भारत
रेणु आफ्नो बच्चालाई विद्यालयमा छोड्न सधैं जान्थिन् । त्यहाँ उनको भेट विभिन्न व्यक्तिहरुसित हुने गर्दथ्यो । आफ्नो बच्चा विद्यालय पु-याउन कोही गाडीमा आउँथे भने कोही हिँडेरै पनि आएका हुन्थे । त्यहाँ आउने केही व्यक्तिसित उनको हिमचिम बढ्दै थियो । यसबाट उनलाई निकै खुसी मिले जस्तो भयो । तिनीहरु के कसरी धनी भए, यसबारे उनी राम्ररी बुझ्न चाहन्थिन् । यसै विषयलाई लिएर कहिलेकाहीँ लोग्नेस्वास्नी बीच बाझाबाझ पनि हुन्थ्यो ।
एक दिनको कुरा हो । उनी बस चढेर कतै जाँदै थिइन् । त्यहाँ उनको परिचय राजन भने व्यक्तिसित हुन पुगे । दुवै जनाले निजी जीवनसँग सम्बन्धित कुराहरु पनि गर्दै गए । राजनले रेणुलाई आफ्नो घरमा बोलाए । उनी धनी बन्न जे गर्न पनि तयार भएकी थिइन् । तसर्थ उनी राजनको घर पुग्ने मनस्थितिमा पुगिन् । यसले उनलाई मनमनै खुसी तुल्याएको थियो । कतै राजनको घर जान लागेको कुरा लोग्नेसँग गर्दा उल्टै डरले जान नदिने पो हो कि? अतः उनले यो कुरा लोग्नेलाई सुनाउन जरुरी ठानिनन् ।
उनी राजनको घर पुगिन् । उनले त्यहाँ घरायसी काम गर्न सघाइन् । यसै बीच राजनले खुट्टा दुखेको बहाना गरे । उनले अब राजनको खुट्टा मिच्न लागिन् र त्यो काम सकाएर उनी फर्किन् । हरेक दिन केही न केही दुःखेको बहाना गर्दै रहे । यस्तो कार्य नचाहेर पनि उनी गर्न वाध्य भइन् । अतः हुँदाहुँदै राजनले आज पिठ्यूँ दुःखेको कुरा गरे । उनले मालिस गरिदिइन् । अचानक दुई जना मानिस राजनलाई भेट्न भनी त्यहाँ आए ।
यस्तो चर्तिकला देखेर एक जनाले व्यङ्ग्य गर्दै भने, ‘वाह, राजनजी; तपाईं झन् झन् खाइलाग्दो देखिन थाल्यो तँ । कुरा के हो? यति भनेर त्यसको फोटोपनि खिचेँ । यस्तो तमासा देखेर उनी इन्तु न चिन्तु भइन् । त्यो फोटो डिलिट गरिदिन अनुरोध गरे । यो सबै मैले धनी बन्नका लागि गरेको थिएँ । यसमा मेरो कुनै स्वार्थ छैन । मलाई महङ्गो लुगा लाउने ठूलो इच्छा थियो । तर त्यो सबै रहर पूरा होला जस्तो लागेन । तसर्थ यस्तो गर्न म विवश भएँ ।
यस्तो गरेर तिम्रो इच्छा पूरा होला जस्तो मलाई लाग्दैन । यो महङ्गो लुगाले तिम्रो शरीर कहिलेसम्म ढाक्न सकिन्छ । यसबारे तिमीले कहिले सोचेका छौं । यदि यो फोटो कतै सामाजिक सञ्जालमा आएको भए तिम्रो स्थिति के होला? पैसाका लागि आफ्नो इज्जत दाउमा राख्नु गलत हो । यी कुरा उनका लागि रामवाणजस्तै भयो । उनले त्यहाँ माफी मागिन् र आफ्नो विवशता सम्झिदै घर फर्किन् ।
अनुः एस पी श्रेष्ठ
No comments:
Post a Comment