Thursday, November 23, 2023

लघुकथा (अङ्क २ मा प्रकाशित)

ताली

-नारायण कोइराला
तानसेन, पाल्पा 



हेत्तेरी ! कस्तो राम्रो सजावट टेबलमा । मानिसको भिडपनि उस्तै । निम्तो नपाएपनि छेउमै बसेर त्यहाँको दृश्य हेरिरहे । मञ्चको टेबलमा के छ भनेर चिन्न नसकेपनि मञ्चमा बसेका अनुहार भने सबै चिनेका । मञ्चमा जन्मदिनको शुभकामना भन्ने आवाज गुन्जियो । म अलमल्ल परे, "जन्मदिन मनाउन यत्रो भिड?" घाँटी तानेर हेरें, "को रहेछ त्यो भाग्यमानी ।" – नेता – कार्यकर्ता – जनता मैले जोडसँग ताली मारे, “जन्मदिन त साहित्यकार जन्माउने संस्थाको रहेछ ।“

No comments:

Post a Comment