Thursday, November 23, 2023

लघुकथा (अङ्क २ मा प्रकाशित)

घडी बन्द

-बिजु सुवेदी ‘विजय’
कुलेश्वर, काठमाडौँ 


जिउँदोमा काँध दिने कोही छैनन् बरिलै यो संसारमा । मरेपछि काँध दिन जो पनि तँछाडमछाड गर्छन् हरे ! धार्मिकताको यो कलङ्क स्वार्थी दुनियाँ ! हो दीपक छैन आज यो संसारमा ।

वर्षौं भयो उसको विश्वको नम्बर एक स्वीस घडी बिग्रिएको । एउटा जस्तो घडी पनि बनाउन सक्छु भन्ने घमण्डी घडी मेकानिकले बनाउने भनेर लगेको थियो तर ऊ पनि हार खाएर त्यहीँ त्यो घडी बनाउन सकिएन माफ गर भनी गिडगिडाउँदै छ उसको लासको अगाडि ।

आज उसका प्रशंसकहरु धेरै छन् तर यस भिडको संसारमा सधैं अरुको अँध्यारो मेटाउन सदा तम्सने दीपक आज छैनन् ।

जसको समय नै आज मरिसक्यो उसको घडीको समय सदा मरेर के भयो र उसलाई, अब केही पनि कतैबाट पनि जीवनमा जस्तो तालमेल छैन यसमा । 

खै, अर्को दुनियाँमा जन्मिदा दीपक के के हुने हुन्, के अर्को दुनियाँमा उसको एकाङ्कीपन दूर होला ?

No comments:

Post a Comment