धोका
-नन्दलाल आचार्य
सिर्जनाकुटी, सिराहा
"पाँच वर्षमै सडक मान्छे हुनुभएछ ।" भेट्नासाथ रोमाको पहिलो वाक्य फुत्कियो । विरुप अवस्थाका पति बोल्नै सकेनन् । रोमाले छत भेटेको महसुस गरिन् । विगतको चह-याउने घाउ एक्कासि बिलायो । पति निवास बाहिरै खडा थिए । भित्र पाइला राख्ने हिम्मत थिएन ।
"आफ्नै पसिनाले बनेको जग हो ।" रोमाको कुराले आँखामा भेलबाढी आयो । उनी थ्याच्चै बसेर भक्कानिन थाले । छोरी आई पाखुरी समाएर उठाइन् । भित्र लगि नुहाईधुवाई, खानपिन गराइन् । पहिले भेटेको पिरो आँसु बिर्सिदिइन् । बाबुको फुटेसुकेको शरीरमा तेलमालिस गराइन् । आमाछोरीले अनेकानेक खुसीको अनुभव गरिरहे । "म अधर्मीलाई आफ्नो धर्मले नुहाइदियौ ।"
अकस्मात् पतिले पहिलो वाक्य फुटाए । उनले नैतिकता खरानी पारेको बताए । कानुनी बाटो थुनिएको बरोबर दोहो-याए । आफू धोकाको सम्राट रहेको फलाके । "छोरोबाट छोरी हुने यसलाई त्याग ।" आफूले मातृत्व हत्या
गर्न उकासेको सम्झिए । रोमाको चट्टानी अडानपछिको पारपाचुके सम्झिए । रहस्यको पोको खोल्दै अमिलो छादे; "खोस्टो पारेर मिरा पोइल गइछे ।"
No comments:
Post a Comment