रात्रीभोज
-दिव्य गिरी
टीकाथली, ललितपुर
दुवै महारथीलाई एउटै दापभित्र बस्ने चाहना थियो । तर त्योप्राकृतिक नियम र व्यवहारिक रुपमा पनि सम्भव थिएन । अन्ततः दुवै महारथीबीच मनमुटाव सुरु भयो । त्यो मनमुटावले कालान्तरमा वाकयुद्धमा परिणत भयो । हुँदाहुँदा उनीहरु सडकको वारि र पारि उभिएर सबैको अघिल्तिर एकले अर्कोलाई सकेसम्म दोषी देखाउने, नङ्गग्याउने, हुर्मत लिने र सत्तोसराप गर्न थाले । आफ्नो बलबुताले भ्याएसम्म एकले अर्कोलाई यतिसम्म नङ्गग्याए कि ‘हग्नेलाई भन्दा देख्नेलाई लाज’ भन्ने लोकोक्ती चरितार्थ भयो । उनीहरु त्यति तल्लो हदसम्म गिर्लान् भन्ने कसैले पनि सोचेका थिएन । तर भइदियो त्यस्तै । उनीहरुको मनमुटावको लीलालाई सञ्चारका विभिन्न माध्यमहरुले पत्रिकामा छापे, टेलिभिजनको पर्दामा देखाए र सामाजिक सञ्जालको युट्यूबमा राखे ।
त्यो समाचारको सर्वत्र चर्चा हुन थाल्यो र सबैको मनमा प्रश्न उठ्न थाल्यो – आखिर यो के भइरहेछ ? प्रश्नको जवाब त्यति सजिलो थिएन । दुवै महारथी वार कि पारको लडाईंमा लागिरहे । एक महारथी अर्को महारथीको न आवाज सुन्न चाहन्थ्यो न त अनुहार हेर्न नै । उनीहरुबीच पानी बाराबारको स्थित आयो । त्यो देखेर मानिसहरु छक्क परिरहे । तीन चार महिना त्यसरी नै बित्यो । तर एक दिन टेलिभिजनको पर्दामा एउटा दृश्य देखेर
सबैजना छक्क मात्र परेनन् कि अचानक यो के देख्नुप-यो ? र यो कसरी सम्भव भयो ? भनेर आपैmसँग प्रश्न गर्न थाले । दृश्य के थियो भने एकताका एक अर्काको कट्टर दुश्मन बनेका ती दुवै महारथी भव्य होटलमा आमने–सामने बसेर हाँस्दैहाँस्दै रात्रीभोज खाइरहेका थिए ।
No comments:
Post a Comment