Tuesday, July 8, 2025

लघुकथा (अङ्क २५ मा प्रकाशित)


चियाको चुस्कीसँगै बाउछोराको भलाकुसारी हुँदै थियो । बिस्तारै उनीहरूको आवाज चर्किँदै गयो ।

हस्याङफस्याङ गर्दै भान्साबाट आमा आइपुगिन्, र जान्न खोजिन्, “हैन ! यी बाउछोरा बीच के विषयमा जङ्ग चलिरहेछ ?”

“ घरजग्गा सबै बेचेर विदेशतिरै जानुपर्छ । तपाईंले भनेर अब यहाँ कोही पनि बस्दैन !” छोरा फेरि चर्कियो । 

– “मेरो जन्मथलो, कर्मथलो सबै यही हो बाबु ! म आफ्नो अन्तिम श्वास, यही माटोमा छोड्न चाहन्छु । तिमी जेसुकै गर ।” बाउले अडान लिए ।

– “हो बाबु ! अब हामी यो बुढेसकालमा यही माटोमा रमाउन चाहन्छौँ !” आमाले प्रेमपूर्वक भनिन् ।

तर, छोरा आफ्नो विचारमा एकोहोरो नै थियो । उसले रिसाउँदै भन्यो, “यहाँ त्यस्तो के छ र ?“

– “यो गाउँ–ठाउँ, पानी–पँधेरा, खेत–खल्यान अनि, यहाँका मान्छेहरू एकअर्कामा प्रेमले बाँधिएका हुन्छन् । सुख–दुःखमा काम लाग्छन् ।” बुवाले भन्नुभयो ।

“हामी यहीँ स्वतन्त्र छौं बाबु । त्यहाँ अर्काको देसमा एउटा कैदी जस्तो जीवन बिताउनु भन्दा, आफ्नै भू–स्वर्गमा मर्नु उत्तम हुन्छ छोरा… !’’ आमाले थपिन् ।

- राजविराज –खर्साल टोल (सप्तरी)

.............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment