Showing posts with label बिमला देवकोटा. Show all posts
Showing posts with label बिमला देवकोटा. Show all posts

Friday, September 12, 2025

लघुकथा (अङ्क २७ मा प्रकाशित)


उसले माया गरेकी थिई — सायद साँच्चै माया ।

हप्तौं कुराकानी, घण्टौ घण्टाको बातचित, महिनौंको हाँसो,  दिनभरी  बसाई अनि वर्षौंको साथपछि, एकदिन उसले भनिन्‌—

“म तिमीलाई साथीभन्दा बढी केही देख्दिन ।’’

ऊ मुस्कायो ।

"त्यही त, म तिमीलाई साथीभन्दा कम कहिल्यै देख्न सकिन ।’’ भन्यो ।

त्यो दिनदेखि ऊ हरायो — फोन, म्यासेज, सबैतिरबाट ।

उसले सोची – रिसायो होला । 

केही दिनमा ठिक हुन्छ । उ धैर्य गरेर पर्खि ।

दुई महिना पछि फेसबुकमा उसको फोटो आयो—

'विवाह ।'

कुनै अर्को हात समाउँदै । रमाउँदै ।

उसले त्यो फोटो हेरिरह्यो । नअघाउञ्जेलसम्म र उसका आँखाबाट त्यसदिन रातभर आँसु आएन ।

उसको मुटु रोयो । मन काम्यो ।

तर उसका आँखाले सबै स्वीकार गरेजस्तो देखायो ।

भोलिपल्ट ऊ फूलको बगैचामा गयो । त्यो बगैंचामा सधैझैँ एउटी केटी आयी, जसले उसलाई मन पराउँथी ।

उसले पहिलो पटक त्यो दिन उसको आँखामा हेरेर मुस्कायो, र सोध्यो—

“तिमीलाई फूल मनपर्छ ?’’

केटीले टाउको हल्लाई ।

ऊ मुस्कायो—

“म पनि नदेखिएको फूल हुँ,

कसैले रोजेन ।

"तर सुगन्ध अझै बाँकी छ ।"

काठमाडौँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।