Showing posts with label शुक्रराज कुँवर. Show all posts
Showing posts with label शुक्रराज कुँवर. Show all posts

Wednesday, July 9, 2025

साभार लघुकथा (अङ्क २५ मा प्रकाशित)


आगोलाई आफ्नो क्षमताबारे ज्ञात भएछ र निकै घमन्ड चढेछ । यो संसारमा मभन्दा शक्तिशाली कोही रहेनछ । मेरो अगाडि कोही टिक्न सक्दैन भन्दै अगाडि जो जो पर्छन् सबैलाई जलाउँदै खरानी पार्दै हिँड्न थालेछ ।

सबै वनजङ्गल जीवजन्तु आदिलाई खरानी बनाइ सकेपछि चारैतिर नजर घुमाएर हेर्दा केही बाँकी थिएन । घमन्ड र क्रोधको पारो अरू चढ्दै गयो ।

जसरी देवी काली नरसंहार गर्दै टाउकोको माला लगाएर रगतको मातले उन्मत्त भएर हिँड्दै जाँदा अन्जानमा महादेवलाई टेक्न पुगिन् र महादेवले उनको क्रोध समूल अन्त गरे । त्यसैगरी आगो पनि आफ्नो राप र तापको घमन्डले चुर भएर उन्मत्त हिँडाइ हिँड्दै जाँदा शान्त भएर बगिरहेकी पानी माथि टेक्न पुग्यो ।

आगोको चुरीफुरी र घमण्ड पलभरमै स्वाहा भयो ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Wednesday, April 2, 2025

साभार लघुकथा (अङ्क २२ मा प्रकाशित)


तराधाम, बाह्रवर्षे कुम्भ मेलामा कुम्भ स्नानको लागि हजारौं मानिसहरू भेला भएका थिए । कोही नदीमा डुबुल्की लगाउँदै थिए भने कोही नदी तटमा पूजा अर्चना गर्दै थिए ।

ती हजारौं मानिसहरूको भीडमा कुम्भ स्नानको लागि एउटा दम्पत्ति आफ्नो नौ वर्षीय बच्चाको साथ उपस्थित थिए । त्यो बच्चा तीक्ष्ण बुद्धिको विलक्षण स्वभावको थियो । उसलाई कतिपयले बालगुरू पनि भन्दथे ।

भक्तजनहरू पानीमा डुबुल्की मार्दै निस्कँदै गरेको देखेर उसलाई अचम्म लाग्यो । बाबुआमालाई सोध्यो, “त्यो के गरेको ?’’

'त्यसलाई कुम्भ स्नान भन्छन्, बाबु !’

'किन कुम्भ स्नान गर्छन् ?’’ उसले फेरि प्रश्न तेर्स्यायो ।

“कुम्भ स्नान गर्नाले सम्पूर्ण पापहरू पखालिएर मान्छेले पूण्य प्राप्त गर्छ । मोक्ष प्राप्त गर्छ ।“ बाबुआमाले उसको जिज्ञासा शान्त पार्ने प्रयास गरे ।

बाबुआमाको जवाफले उसको चित्त बुझेन र पुनः प्रश्न गर्‍यो ।

’अनि के यहाँ आएका सबै पापी हुन् बाबा ? फेरि एकपल्ट कुम्भ स्नान गर्नाले पापहरण हुने भएकाले पो समाजमा पापी बढेका रहेछन् त !” उसले भन्यो ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।