Showing posts with label अनिता भण्डारी. Show all posts
Showing posts with label अनिता भण्डारी. Show all posts

Thursday, June 5, 2025

लघुकथा (अङ्क २४ मा प्रकाशित)


"साहुजी साहुजी, मलाई स्याउ र अनार एक एक किलो दिनुहोस् न ।’’ एकाबिहानै पसल पुगेर हरिले हतारिँदै साहुजीलाई भन्यो ।

“पख्नुहोस् है, म पहिला अरूलाई बिदा गर्छु । आज यस्तो केको हतार हो ? अफिस जाने बेला त भएकै छैन ।’’ साहुजी मुस्कुराउँदै बोले । 

“आज मातातिर्थ औंसी आमाको मुख हेर्ने दिन त्यसैले आमालाई भेट्न जानुछ ।’’ हरिले प्रस्ट्याए ।

“आहो ! हरिजी आमा त तपाईंसँगै हुनुहुन्न र?

पुनः जिज्ञासा राखे साहुजीले ।

हरिले बिस्तारमा बताए, “हो साहुजी, सँगै हुनुहुन्थ्यो तर मेरो अफिस श्रीमती पनि काममा जान्छिन् नानी बाबु स्कूल अनि आमा घरमा एक्लै हुनुभयो । समय दिन सकिएन त्यसैले आमा वृद्धआश्रममा हुनुहुन्छ ।

आश्रमका धेरै बुबाआमासँग आमालाई दिन बिताउन सजिलो होस् एक्लो महसुस नहोस् भनेर राखेका हौँ साहुजी । म निस्किन्छु आश्रममा गएर आमालाई भेट्नु छ अनि श्रीमतीलाई माइत पठाउनु छ ।’’

 – ताप्लेजुङ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।