Sunday, August 10, 2025

लघुकथा (अङ्क २६ मा प्रकाशित)


हरिशरण । हाउस वेयरको जीवन जिएको पाँच वर्ष भयो । चार वर्षकी एउटी छोरीकी बाउ पनि हो ऊ । उसकी धर्मपत्नी विनिता एउटा एनजिओको सञ्चालिका । सम्बन्ध विच्छेदपछि पतिको सम्पत्तिमा स्वास्नीले अंश पाउनुपर्ने अधिकारको लागि लडिदिने । र उनी उन्मुक्त स्वभावकी छे । धर्मपत्नीको यही स्वभावको कारण पत्नीको कार्यमा हस्तक्षेप वा विरोध गर्दैनन् । पत्नीको इच्छा र खुसी आफ्नै सम्झि रमाइदिन्छ । हप्तौं पत्नीको बाहिर बासलाई पनि उ स्वाभाविक ठान्दै आएको थियो ।

तर आज अचानक उसको पचास वर्षीय सासुले ‘छोरी दुई हप्तादेखि घर आएकी छैन । कहाँ गएकी हो ? केही थाहा छ ज्वाईं ?’ भनेर अघि पछि केही नसोध्नेले आज सोध्दा उसलाई पनि चस्स बिझाउँछ । र कल गर्छ । तर फोन उठ्दैन । रातको एघार बजेसम्म कोशिस जारिरह्यो । तर सफल भएन । न केही मेसेज नै आयो । रात त्यतिकै बित्यो ।

हरिशरण । छोरीलाई स्कूल पुर्‍याइ घर फर्केको मात्र थियो । मोबाइलको रिङ्गटोन बज्यो । उसले ‘हलो !’ मात्र भनेको थियो । उताबाट उनको पत्निको बोली सुनियो– ‘हरिशरण हिजो मिटिङ्गमा व्यस्त भएर तिम्रो फोन उठाउन पाइन । सरी है ।’ हरिशरणले केही बोलन पाएकै थिएन । उताबाट फेरि– ‘हरिशरण तिमीलाई एउटा कुरा भन्नु थियो ? ….कुरा के भने आजबाट तिमी मबाट स्वतन्त्र रहनेछौं । मेलै तिम्रो ठाउँमा अरु कसैलाई राखिसकेकी छु । अब आफ्नो भविष्यबारे सोच हैै ?’ र फोन काटिन्छ ।

हरिशरणको अगाडि प्रश्न– पाँच वर्षको वैवाहिक सम्बन्धको अर्थ ? छोरीको भविष्य ? घर ज्वाइँले अंश पाउँछ कि पाउँदैन ? र पत्नी पीडितका लागि संघसंस्था छ कि छैन ?

- सितापाइला, नागर्जुन नपा वडा नं ४

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment