कार्की छट्टु भनेर गाउँका मान्छेले भन्दथे । पेशा चाहिँ उसको राजनीति थियो । भ्रष्टाचार गरेर विकासको बजेट खायो भनेर तिनै गाउँले भन्दथे । छट्टु भएकैले उसको विरुद्धद्घअख्तियारले प्रमाण भेट्न सकेको थिएन ।
त्यही गाउँमा इमानदार व्यक्तिको रूपमा चिनिने राम भन्ने व्यक्ति पनि बस्दथ्यो । ऊ राजनीति शास्त्रमा स्नातकोत्तर सकेको अध्येता थियो ।
एउटै गाउँ भएकोले कहिलेकाहीँ साथीभाइको नाताले उसले कार्कीलाई राजनीतिक पाठ पढाउँथ्यो । आफैँले पढाएको मान्छे, त्यसमाथि भ्रष्टाचारी भएकोले ऊ निरास हुँदै अर्को साथीलाई भन्यो ।
“हेर त, मजस्तो मान्छे पछि परेर यो देशले भ्रष्टचारी मान्छे मात्रै नेता पायो । अब आउने चुनावमा म पनि उठ्ने हो ।”
उसको कुरा सुन्नेले मौन सहमति जनायो । नभन्दै उसले चुनावमा उम्मेदवारी दियो । त्यो देखेर उसलाई चिन्नेजान्नेले भन्न थालेः “रामजस्तोले नि राजनीति गर्छ ? त्यस्तो हरिलठ्ठकेले ! राजनीति गर्न त कार्कीजस्तो धूर्त हुनुपर्छ ।”
– का.म.पा– ६, सिमलटार
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment