आजको दिन सुधाको लागि एउटा उत्सवजस्तै थियो । उनले स्थापना गरेको कलाघरको ६०औँ वार्षिकत्सव मनाउँदै थिइन् ।
आफ्नो एक्लो जीवनलाई व्यस्त राख्न सुधाले एउटा कलाघर खोलेकी थिइन् । उनको लोग्ने र भएको एउटा छोरालाई नियतिले टाढा पारेपछि त्यही कलाघर नै उनको लागि संसार थियो । जहाँ उनी सिक्न चाहनेका लागि नृत्य सिकाउँथिन् । उमेर ढल्दै गएपछि उनलाई कलाघर मर्छ कि भन्ने चिन्ता थियो त्यसैले केही विश्वास पात्रहरूलाई सहयोगी बनाएकी थिइन् ।
आज उनले आफ्नी चेली नीलालाई सम्झिन् । उनी सोचमग्न भइन् । नीलाले सुरु सुरुमा उनको व्यक्तित्वको प्रशंसा गरेको, नजिक हुन चाहेको सबै सबै सम्झिरहिन् तर आज नीला खोई ? नीला त्यही चेली हुन् जो कुनै समयमा सुधालाई भगवान मान्थिन् । दिनरात उनकै सम्पर्कमा रहन्थिन् । आज उनले बाटो फेरेकी छिन् । उनी साहित्यको संसारमा रमाएपछि ठूला ठूला हस्तीहरूसँग उनको उठबस् हुन थालेको छ । पुरानो नाता र भावना उनले बिर्सिएकी छिन् ।
सुधा मनमनै गुन्दै थिइन्, ’’आजका राजनीतिक चरित्रजस्तै नीला पनि छेपारो त होइनन् ?’’
नीलालाई अचानक के भएछ, कुन्नि ? खबर पनि नगरेर, हस्याङफस्याङ गर्दै आइपुगिन् । ग्वार्ल्वाम्मै अङ्गालो हाल्दै भनिन्, ’’दिदी ! हजुर त यो उमेरमा पनि कस्तो क्रियाशील हुनुहुन्छ । हजुरबाट मैले धेरै कुरा सिक्नु छ ।’’
– तीनकुने, काठमाडौँ हालः टेक्सास, अमेरिका
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment