लेख्नुमा सबैको आ–आफ्नो उद्देश्य होला तर मैले किन लेखेँ ? आफैसँग प्रश्न गर्दा उत्तर भेट्टाईँन तर अरुले प्रश्न गर्दा मैले भन्ने गर्छु लेख्ने मेरो सौख हो किनकि म नलेखि रहन सक्दिन । कतिबेला कसरी लेख्नु यो असार श्रावणको झरि जस्तै हो कहिले कहिले पुस माघको सुख्खायाम । हुन त मैले लेख्न थालेको धेरै भयो, खासगरि म युगकवि सिद्धिचरण श्रेष्ठ र महाकवि देवकोटाबाट प्रभावित छु, कवि नाटककार अशेष मल्ल पनि साहित्य क्षेत्रमा प्रवेश गर्ने साँचोहरू हुन्, भारतीय कवि अमृता प्रितम पनि खुब मन पर्छ ।
स्कूलमा पहिलो कविता वाचन गरेको थिएँ, त्यसपछि लेखनिले निरन्तरता लियो, खास मेरो विधा गीत हो मेरो गीति एल्वम तीनवटा निस्किसकेको छ । कविता हिँडिरहेका आँखाहरू, शैलीका गीतहरू, माया महल गजल सङ्ग्रह र मध्यान्तर मुक्तक सङ्ग्रह पनि बजारमा आइसकेको छ । आजको आकाश संयुक्त कविता सङ्ग्रह पनि मेरो लेखनको प्रमाण हो ।
नेपालमा लेखेर केही पाईएला भनेर सोच्नु बेकार छ, राजनीतिभन्दा फोहर भएर आएको यो साहित्य चौतारीमा गुटबन्दीले किला गाडेको छ । साँच्चै भनौँ भने अहिले यो क्षेत्रमा दिने मान सम्मानकोपनि महत्व गिरि सक्यो । मान सम्मान पाए पनि यस्ले के कस्को चाकडी गरेर भेट्टाएछ भनेर बजारमा गाईँगुईँ चल्छ । यस्तो सम्मान चाहिएन पनि पाएर आफैलाई ग्लानी हुने, तर पनि म लेख्न छोडने पक्षमा छैन, सन्तुष्टिको लागि पनि लेखिन्छ । लेखेपछि दिमागको व्यायाम हुन्छ । यसैले पनि लेखिरहन्छु, कहिले गाडी चलाउँदा चलाउँदै साईड लगाएर, कहिले मध्यरातमा उठेर पनि लेख्ने गरेको छु, किनकि शब्दहरु बिर्सिन्छ पछि लेख्छु भन्दा, त्यसैले लेखिहाल्छु, लेख्छु र लेखिरहनेछु ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment