"लुटपाट, घुसघास, कमिसनसमिसनबाट आको जति सबै नासोका रूपमा साला–साली, भाञ्जा–भाञ्जीको नाममा राखेसि कसरी होस् त ? अनि आफूसँग क्यै पनि नभाका विचराले कसरी गर्न सक्छन् त सयोग ? बज्या, कुरै नबुझी ठूला कुरा गर्दो रैछ, जान्ने भर ! चुप् लाग् ।”
“अनि एक रोपनीमा बनेको भव्यमहल, दुई–दुईवटा पजेरो, स्वास्नी र छोरा–छोरीको मोजमस्ती ! यो के हो नि?”
“कस्तो नचाइँदो कुरो गर्छस् हो नाथे ! अस्ति सम्चारमा दाइजोमा पाएको भनेर कुर्लेकोे सुनेनस् ? महिनेवारी तलबले त विचरालाई चा, अर्नि खानपनि पुग्दैन ।” ठूलाबा रन्किए ।
“हैन के ठूल्बा ! जम्मा एक तोलामात्र भन्थे त ! अस्ति तीजमा आमा–छोरीले टाउको, कान, घाँटी सबै पहेंलै हुने गरी लाका कसका रैछन् नि ? कि नक्कली हुन् ?” मैले नबुझेको कुरा के ।
“पाजी ! स्वास्नीले लगाको कुरा उनलाई के भन्छस् ? तो पनि दाइजोमा आको होला नि ! विचरा ! उनका औँलाले ऐलेसम्म पित्तल त देख्न पाका छैनन् रे, सुनका कुरा गर्छस् !”
“ठुल्बा पनि हँसाउनुहुन्छ ! छोरीको बिहे र छोरा पढाउँदाको रिन तिर्न नसकेर बैङ्कले जग्गा लिलाम गर्या भनेको हैन ? त्यस्ताले कसरी देछन् त यति धेरै दाइजो ?”
“ऐले थप्पड़दिन्छु अनि … ! सर्कार्ले छैन भनेसी छैन । कागजको कुरो घराँ हेरेर हुन्छ ? उनले जे लेखेर दे, त्यै सदर भो । बढी किन जान्ने हुनुपरो हँ तँलाई?”
“सुन्नु न ठुल्बा ! खै कैले हो, नियुक्ति दिन, सरुवा गर्दिन, यसोउसो मिलाउन भनी पाँच, छ करोर कुम्ल्याका थे रे नि है । त्यत्रो काँ पुरा होलान् है ?”
“सुन्न त मैले पनि खै के–के काण्डबाट करोरौँ खाको सुनेको हो नि, भन्नपो भएन र केटा ।”
“राजनीति, जागिर, व्यापार आदिमा लाको भएपो थापाउँथिस् नाथे, किसानको छाउरो परिस्, के बुझ्थिस् यस्ता कुरा ।”
“अनि के ठुल्बा ! आफूले खै कता हो नियुक्ति हो कि के हो, पाउन भनी कुस्त देका थे रे नि? सरुवा हुन पनि दिन पर्छ र भन्या ? समय आएपछि आफै हुँदैन र ?”
“त्यो त व्यापार हो नि केटा । एक करोर दिएर सरुवा भयो, चार करोर कमायो । धेरै कमाउनलाई थोरै दिएर के भो त । यस्ता कुरा तैँले बुझ्दैनस् के, चुप् लाग् ।
“भन्नु न त उसो भए, भएभरको सबै आफन्तीलाई टीका लाएर दिएछन्, हँ कि ठुल्बा ?”
“बुझ्दै नबुझी प्वाक्क बोल्दोरैछ कहीँको । काँ टीका लाएर दिनु नि । कागजमा पो लेखेर देका, तो पनि अरुले थानपाउन् भनेर । छ न त अरु पनि कति छ कति नि ।”
“पैले त क्यै पनि थेन रे अनि यति धेरै काँट आयो त ?”
“ए लाटा ! हैन के गरूँ म तँलाई ? काँबाट आयो काँबाट ! गएर उनैलाई सोध् न ।”
“हँ ठुल्बा ! भाञ्जा–भाञ्जी, साला–साली, आफन्तीलाई राख्न देको फर्काउँछन् तभन्या?”
“अहिले जागिरे भएर पो हो त मोरा । पछि त कता–कताकति–कति के–के, खोजी–खोजीपाई–पाई लिइहाल्छन् नि, हिसाब–किताब त राखेकै छन् नि लाटा । समाजका आँखा नलागून् भनेर पो त्यसो गरेका हुन् त । बुझिस्?”
“अनि अरुले पत्याउँछन् त ठुल्बा ?”
“नाथे, कति सोध्दो रैछ ? ठूला मान्छेले भनेको पनि कहीँ झूटो हुन्छ त ? तँ, हामी पाजीहरूले नपत्याए पनि के लछारपाटो लाउँछ, भन् त ? तैँले नपत्याएर के पो गरेको छस् र ? ठूलाबडाका कुरामा चासो लिनु हुँदैन के, चुप लाग् ।”
यति भनी ठूलाबा जुरुक्क उठे । “ठुल्बा, ठुल्बा भन्दै कान्छेले अरु पनि धेरै सोध्न खोज्दै थियो ।
“हैन के बाबू ! धेरै निधिखुजी नगर्, ठुलाबडाको सम्पत्तिमा धेरै चासो राख्नुहुन्न के । फेरि अर्काको सम्पत्तिमा रालकाढ्ने भनेर पुलिसले लट्ठी बजाउला नि, लगेर खोरमा जाक्ला नि । जा आफ्नो काम गर्, मेरो कन्सिरी न तता ।”
यतिभन्दै ठूलाबा गोठतिर लागे । कान्छेले ठूलाबालाई हेरिरह्यो ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment