Showing posts with label डा.सत्यवीर 'मानव'. Show all posts
Showing posts with label डा.सत्यवीर 'मानव'. Show all posts

Monday, December 1, 2025

अनुवाद लघुकथा (अङ्क २९ मा प्रकाशित)


नेताजीको अवस्था अत्यन्तै गम्भीर थियो । उनको मुटुको शल्यक्रिया गर्नुपर्ने भयो । उनीहरूले देशकै सबैभन्दा ठुलो अस्पतालबाट चिकित्सकहरूको सूची मगाए । तर, सूची हेरे लगत्तै नेताजीको पारो चढ्यो र अस्पतालका निर्देशकलाई बोलाउन आदेश दिए ।

“भन्नुस् सर !” निर्देशकले विनम्रतापूर्वक भने ।

“के गर्नुभएको ! डाक्टर तिवारी, यत्रो ठुलो अस्पतालमा शर्मा, मिश्र, गर्ग, गुप्ता जस्ता डाक्टरहरूको अकाल परेको हो र ? तपाईंको सूचीमा… ती नाम देखिँदैन त !’’ नेताजी रिसले तातेका थिए ।

“माफ गर्नुहोस् नेताज्यू ! मैले सोचेँ तपाईं आरक्षित वर्गबाट हुनुहुन्छ, त्यसैले तपाईंको वर्गका डाक्टरहरूले तपाईंलाई अझ राम्रोसँग उपचार गर्छन् ।’’

“के उपचार गर्छन् र तिनीहरूले ! जानुहोस्, दक्ष र कुशल डाक्टर मेरो अपरेसनको लागि छिटो सुरक्षित गर्नुस् ।’’

- नारनौल, हरियाणा, भारत

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।