Showing posts with label मञ्जुश्री प्रधान के‍.सी.. Show all posts
Showing posts with label मञ्जुश्री प्रधान के‍.सी.. Show all posts

Wednesday, November 26, 2025

लघुकथा (अङ्क २९ मा प्रकाशित)


हरिप्रसादलाई समाजको मुख्य अंग मानिन्थ्यो । समाजमा जे काम आई पर्दा पनि उनी सधैँ अगाडि हुन्थे, उनी हरेक कुरामा ठिक बेठिक छुट्याउने एक असल न्यायिक व्यक्तिको रुपमा चिनिन्थे । उनी दाइजो प्रथाका घोर विरोधी थिए । गाउँलेहरू कहिलेकाहीँ भन्ने गर्थे आफ्ना ५ जना छोरी छन्, त्यसैले दाइजो प्रथाको विरोध गरेका हरिप्रसादले, नाम हरिप्रसाद होनी हाहा, नाम अनुसारको काम देखाउन त पर्‍यो नि । भारतीय समाजको दहेज प्रथाले गरेको अप्ठेरोलाई उनी उदाहरण दिन्थे, उनको कुरा सबैले स्वीकार पनि गर्थे । उनी आफ्नो सिद्धान्त अनुरुप नै छोरीहरूको विवाह गर्न सफल भए सबैले उनको प्रशंसा गरे, वाह ! हरि प्रसाद । एक वर्षपछि हरिप्रसादको छोराको विवाह एक धनी व्यक्तिको छोरीसँग तय भयो विवाह सम्पन्न पनि भयो ।

जन्तीमा आएका एक व्यक्तिले मन थाम्न नसकी भने “दाइजो त दुई तीन ट्रक भरी ल्याईंदैछ नि ? कहिलेदेखि विचार बदलिएको हो यहाँको ? अलि व्यङ्ग्यवाण हाने । हरिप्रसाद के कम थिएर उनी यस्तो प्रश्नको जवाफ पहिलै तयार गरेर बसेका थिए, हेर्नुस् हजुर म अहिले पनि यसको विरोधी नै छु, भनेको पटक्कै माने पो मैले इन्कार गर्दा गर्दै पनि बुहारीको माइतबाट यो तपाईंहरूलाई होइन हामीले हाम्री छोरीको सुख सुविधाका लागि दिएका हौँ । के गर्नु हाम्रो पनि प्रतिष्ठाको प्रश्न छ, इन्कार गर्न पाउनु हुन्न” भनेपछि उनीहरूको मन राख्न स्वीकारेको मात्र हुँ, अन्यथा नसोच्नु होला” मुख निन्याउरो पारेर मानौ दाइजो लिन परेकोमा उनी साँच्चै नै

पश्चातापमा परेको झैँ देखिन्थे ।

- बबरमहल, काठमाडौँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।