Showing posts with label बिर्ख खड्का डुबर्सेली. Show all posts
Showing posts with label बिर्ख खड्का डुबर्सेली. Show all posts

Wednesday, January 21, 2026

लघुकथा (अङ्क ३१ मा प्रकाशित)


रामबहादुर बस्नेतले आफिसबाट फर्किँदा वरको बोन्साई रूख ल्याएर झ्याझलको छेउमा राखे । आमाले देखेर सोधिन, “के हो यो ?’’

छोराले गर्वका साथ भन्यो, “यो वरको बोन्साई रूख हो । यसलाई बढ्न नदिएर सानै राखिएको हो, धेरै दाममा बिक्री हुन्छ ।’’

“तँलाई खान र खेल्न नदिएको भए, यति ठूलो मान्छे हुन्थिस् ।’’ केही बोलेन छोरो, उसलाई हेरेर उसकी श्रीमती हाँसिन् ।

“किन प्रकृतिको नियम पालन गर्दैनन्, धेरै पढेका ठूलाठूला मान्छे ।’’ आमा आफ्नो कोठामा पसिन् ।

अर्को दिन झ्यालमा बोन्साई वरको सानो रूख थिएन । सास–बुहारी प्रसन्न थिए ।

- दुर्गागढी, प्रधाननगर,

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Sunday, October 26, 2025

लघुकथा (अङ्क २८ मा प्रकाशित)


आमा घरभित्र पस्दै गर्दा छोरीले भनी, “त्यस अंकलले फोन गर्नु भएको थियो । आमा कस्तो हुनु हुन्छ, सोध्नु भयो । किन मोबाइल घरमै छोडेको ?’’  आमाको  अनुहार हँसिलो भयो । तिनी भित्तामा झुण्डिएको ऐनाअघि गइन्, आफ्नो अनुहार हेरिन् । धेरै वर्ष पहिले लोग्नेदेखि छुट्टिएर बेग्लै छोरीसित बस्दैथिन् तिनी ।


“यस अंकलले यति मन पराउनु हुन्थ्यो, त्यस दुष्ट अत्याचारीसित किन बिहे गर्नु भएको थियो ?’’ छोरीले विचार  गरेर सोधी । “मैले  नराम्रो मान्छे लागेर मन पराइन । आज यस्तो लाग्छ, सबैभन्दा राम्रो रहेछ ।’’

- दुर्गागढी, प्रधाननगर, दार्जिलिङ ७३४००३

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।