रातको नौ बजिसकेको थियो । भीमबहादुर आफ्नो पुरानो मोबाइल हेरिरहन्थे— छोरा विदेश गएको दुई वर्ष भइसक्यो, हरेक रात म्यासेन्जरमा “बाबा, म ठिक छु” भन्ने सन्देश आउँथ्यो ।
तर आज फोन मौन थियो । घरमा बत्ती पनि गएको । बाहिर मुसलधारे पानी ।
भीमबहादुरले छातीमा हात राखे— अनौठो डर लागिरहेको थियो ।
अचानक मोबाइल बल्यो। एउटा नयाँ मेसेज चम्कियो—
“बाबा, म घर आइपुगेँ ।”
उनी हतारहतार ढोकातिर दौडे ।
बाहिर कोही थिएन ।
भिजेको आँगनमा छोरा उभिएको झैँ लाग्ने दुई पाउलाका छाप मात्र थिए, र माटोमा स–सानो रगतको दाग थियो ।भीमबहादुरको हृदय काप्यो ।
त्यो बेला छिमेकी गणेश आए र मोबाइल हेरे— मेसेज पठाइएको समय “तीन दिन अघि” देखिन्थ्यो ।
गणेशले थरथराउँदै भने,
“भीम… तेरो छोरा त तीन दिन अघि दुर्घटनामा मरेको रहेछ… आज मात्रै खबर आएको हो ।”
भीमबहादुर चुप लागे । मोबाइलको स्क्रिन फेरि बल्यो— “बाबा, ढोकामा आउनुहोस्, म त यहाँ नै छु…”
- इटहरी, सुनसरी
..............................................................................
....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment