शोच
-वि. पि. अपरिचित
चितवन
"बाबु विदेशबाट आएछन् !"
"आएँ, अस्ति भर्खरै ।"
"विवाहको कुरा के कसो छ कुन्नि ?'
"अब गर्ने होला नि ?"
"एउटी सामान्य परिवारकी घरकी नानी छिन्, हेर्ने भए हेरौँ, बाबुलाई पनि देखाऔँ, भोलितिर ।"
“केटाकेटी देखभेट गराइयो । सामान्य परिवारकी, हेर्दा सुशील नै देखिन्थिन् । विवाह छिनियो पनि । छिटोछरितो विवाह गरियो । एउटा काँधबाट बोझ हल्का भएको अनुभव हुन नपाउँदै पाहुनापाछा घट्नेक्रम थियो नै ।"
सूर्याेदय र कोकिलको आवाजसँगै रङ्गिदै गरेको आकाश हेर्दै बेहुलाले बेहुलीलाई भने, "उठ न, बिहान भइसक्यो । पाहुनालाई चिया पकाएर देऊ" म चिया पकाउन आएकी हुँ र ? म त विदेश जाउँला, लैजानु होला भनेर पो आएकी, जिन्दगी मस्तसँग बिताउँला भनेर पो बिहे गरेकी त ! पकाउन्न चियासिया ! भनेर झर्किछन् ।
बेहुलालाई तँ तँ र म म गरिछन्, त्यसैमा दुवैबीच मनमुटाब भएछ ।
पर्सिपल्ट दुरान गए । फर्किइनन् । केही दिन बाटो हेरेर आँखा पनि टोलाए ।उनी आइनन् । सम्पर्कमा पनि आउन निनन् । केही दिनपछि अदालतले छोडपत्रको निवेदन थमौती गरायो । यस्तो शोचले भित्रिएकी रहिछिन्, अनुहार पढ्न सकिएन ! आफन्तले ल्याएको कुरा भनेर त्यतिबेला खासै बुझिएन, आखिर आफन्तबाटै ठुलो धोका भयो !
No comments:
Post a Comment