Friday, November 24, 2023

लघुकथा (अङ्क २ मा प्रकाशित)

कमला

-माणिकरत्न शाक्य
चाबहिल, सरस्वतीनगर 


पानी झमझम परिरहेको थियो । पानीले निथ्रुक्क भिजेर कमला थरथर कामिरहेकी थिइन् । अकस्मात् एउटा खाली जीप उसको अघिल्तिर आइरहेको देखिन् र रोक्ने ईसारा गरिन् । ड्राइभरले उनको ईसारा देखेर जीप रोके र सोधे– कहाँसम्म जाने हो ? कमलाले भनिन्– बाँसबारीसम्म पु-याइदिनोस् न ।

कमला ड्राइभरसँगै अघिल्लो सीटमा बसेपछि गन्तव्यमा पुग्नको लागि त्यहाँबाट हिडें । कमलाले भन्दै गइन्– म त विधुवा, श्रीमान् बितेको एक वर्ष भयो । बालबच्चा र नाताकुटुम्बको नाममा त्यही एउटा छोरा छ । उसैलाई आश्रय दिन जागिर खाएर आएकी पानीले निथ्रुक्कै भिजाई हाल्यो नि !

तपाईको सहयोगको ऋणी छु म । जीप आफ्नै गतिमा कुदिरहेको थियो । अलिपर पुगेपछि कमलाले ड्राइभरलाई अनकन्टार ठाउँमा लान भनिन् । सो ठाउँमा पुगे लगत्तै जीपभित्रै कमलाले ड्राइभरलाई झ्वाम्मै अँगालो मारिन् । दुवैले अँगालोभरी माया धेरैबेरसम्म साटासाट गरिरहे । त्यहीबेला कमलाले ड्राइभरलाई भनिन्– मेरो श्रीमान् पनि ड्राइभर नै हुनुहुन्थ्यो । तपाईंको सामुन्ने यसरी बस्दाबस्दै तपार्इंलाई त मैले आफ्नै श्रीमान् पो देख्न पुगें । अनि पो मैले तपाईंलाई माया गर्न पुगें भन्दै स्पष्टीकरण दिइन् ।

रात पर्न लागेको सङ्केतले दुवै आ–आफ्ना गन्तव्यतिर लागे । एकछिन अगाडिको घटना ड्राइभरलाई भने सपना झैं भयो ।

No comments:

Post a Comment