Showing posts with label कमला श्रेष्ठ प्रधान. Show all posts
Showing posts with label कमला श्रेष्ठ प्रधान. Show all posts

Tuesday, January 20, 2026

लघुकथा (अङ्क ३१ मा प्रकाशित)


सरकारले “मैत्री उपहार” भन्दै एकजोडी हात्ती विदेश पठाइयो त्यो पनि मरुभूमिको देश । कागजमा उपहार लेखिए पनि व्यवहारमा तिनलाई बेचेर पठाइएको आम जनधारणा थियो ।

विदेशको भव्य चिडियाखानामा राखेर नेपाली हात्तीलाई प्रदर्शनमा राखियो । मानिसहरू फोटो खिच्थे, ताली बजाउँथे, हाँस्थे, रमाइलो गर्थे ।

तर हात्तीको आँखामा चमक थिएन ।
उ त्यो भीडतिर हेर्थ्यो, कहिलेकाहीँ सुस्तरी आँशु झार्थ्यो ।
उसको मौन आँखाले अनुनय गर्थे— “मलाई मेरो जङ्गल चाहियो, मेरो माटो चाहियो, मलाई घर फर्काइदिनुहोस् ।”

आगन्तुकहरू त्यसलाई “दया लाग्दो दृश्य” भन्थे ।
कसैले भने—“कति भावुक जनावर !”
तर कसैले बुझेन, त्यो विस्थापनको पीडा ।

हात्ती बोल्न सक्दैनथ्यो ।
र बोल्न नसक्नेको भाषा .
सुन्ने कान त झन् दुर्लभ रहेछन् ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।