विद्रोह
-रञ्जना रिजाल
काठमाडौँ, हालः अमेरिका
"हामी तेरो हित बाहेक अर्को सोच्दैनौँ ।“ बाले भन्नुभयो ।
"छोरी भएपछि बाबुआमाको वचन भुइँमा खस्नासाथ पूरा गर्नुपर्छ ।" आमाले थप्नुभयो ।
"जिन्दगी तेरो हो तर हामीले रोजेको बाटो हिँड्नुपर्छ तैंले !" बाको गनगन रोकिएन ।
उहाँहरुको अडान सुनेर मैले दाह्रा किटेँ । उहाँहरु आफ्नै धुनमा मनको अतृप्ति छाडिरहनुभएको थियो । म भोको बिरालाले मासुभात खाइरहेको मान्छेलाई हेरेझैँ हेरिरहेकी थिएँ ।
"नबोल्नु भनेको मौन स्वीकृति हो ।" आमाको भेंडो ढिपी रोकिएन । आड पाएर बाले सोध्नुभयो; “उसो भए छोरी, हामीले तय गरेको ठाउँमा बिहे गर्न तयार छेस् हैन ?"
"सल्लाह दिनुस् तर जिद्दी नथोपर्नुस् । जीवन मेरो हो भने जिउने कला पनि मेरै हुनुपर्छ ।" अकस्मात् निस्केको मेरो बोलीले उहाँहरु मौन हुनुभयो ।
No comments:
Post a Comment