Friday, November 24, 2023

लघुकथा (अङ्क २ मा प्रकाशित)

सञ्जय

-गरिमा आचार्य
उदयपुर हालः गोलबजार ४, सिरहा 



"दिनेशजी, सुन्नुस् त !" एक्कासि सुनेको स्वरले दिनेशले चौका खायो । ऊ सधैँ बकबक गरिहन्थ्यो तर त्यसको साथी रुख भने मौन थियो । कारण बुझ्न नसकेर दिनेश हैरान थियो ।

दिनेश विगत सम्झन्थ्यो– अरु मान्छे आउँथे, सुस्ताउँथे । शरीरमा ताजापन भर्थे । त्यही शक्तिले साथीका हाँगाबिँगा काटकुट पार्थे । लिएर घर जान्थे । दोहोरो कुरा गर्न नपाएर ऊ निराश हुन्थ्यो ।

यतिबेला भने उसको साथी भन्दै थियो, "तिमीहरु बढ्ता बोलेर शक्तिहीन छौं । म मौन रहेर तिमीहरुको अत्याचार सहने शक्ति बटुल्छु ।"

बिउँझ्दा त दिनेश रुखमुनि थियो । रुखका पातले हम्केर वरपर शीतल वातावरण बनाइरहेका थिए ।

No comments:

Post a Comment