ठूलो मान्छे
-अरुणबहादुर खत्री ‘नदी’
बुढानिलकण्ठ, काठमाडौँ
विनोदको बाबु मन्त्री पदमा पुगेपछि विनोदकी आमाले “अब तेरो बाबु मन्त्री भइसक्नु भयो छोरा तैंले त्यो स्कुलमा पढाउने मास्टर रामप्रसादको छोरा महेशसँग सङ्गत गर्न आजैदेखि छाडिदे” भनिन् । विनोदले “महेश मेरो सानैदेखिको घनिष्ठ साथी हो आमा । उसँग मैले सङ्गत गर्न छोड्न कसरी सक्छु र ?” भने । “महेशसँग सङ्गत गर्न छाडेर तैंले मदनप्रसाद नाम गरेको सचिवको छोरा कृष्णलाई साथी बनाए भइहाल्छ नि आजैदेखि” आमाले भनिन् ।
“आफ्नो बाल्यकालदेखिको साथीलाई कसरी बिर्सन सकिन्छ र आमा” बिनोदले दिक्क मान्दै भने । उ तँलाई छोडेर कतै टाढा गयो भन्ने मनमा सम्झिदे त अनि तैंले उसलाई साथी बनाउन छाड्न सकिहाल्छस् नि” आमाले भनिन् । “रामप्रसाद मास्टरले हामीलाई नपढाएको भए हामी शिक्षित भएर ठुलो मान्छे बन्नै सक्दैनथ्यौ नि आमा” बिनोदले भने । “खै तेरो बाबु मन्त्री बन्न राजनीतिमा लाग्नुप-यो तेरो बाबुले त्यति धेरै पढ्न पनि परेन” उसकी आमाले भनिन् ।
No comments:
Post a Comment