पहिरन
-हिमा आर. सी.
मेहेलकुना, सुर्खेत
छोरीको जात एक न, एकदिन त पराइको हुनु नै थियो । बाबुआमाले पनि कुरै कुरामा मेरो विवाहको कुरा गर्नुभयो । उहाँहरुलाई मैले आफूले रोजेको केटासँग विवाह गराई दिन आग्रह गरे... सुरुमा उहाँहरु दुवै जना रिसाए पनि मैले मन पराएको केटासँग विवाह गरिदिन राजी हुनुभयो । मेरो खुसीको सिमा थिएन । विवाहको तयारी हुँदै थियो । मलाई विभिन्न किसिमका वस्त्र र अलंकार पहिराइयो । नारीको सौभाग्य भनेको सिन्दूर पोते हो रे ! मैले पनि त्यो सौभाग्य पाउँदै थिए ।
म केटा आउने प्रतीक्षामा थिए । शुभविवाह लेखेको बस पनि आँगननेर आयो । बसबाट केटा र उसका आफन्तहरु झरे..... देख्नेहरुले उसको प्रशंसा गरे.. विवाहको काम सकिएपछि सकिए । म बाबुआमा र म खेलेको आँगनबाट बिदा भएँ । अघिसम्मको भरिभराउ आँगन रित्तो हुँदै गयो ।
केही यात्रा गरेपछि घर नजिक बस पुग्नै लागेको थियो । अचानक बस दुर्घटनामा प-यो । मसँगै बसेको श्रीमान्को मृत्यु भयो । यहीँ चोट सहन दैवले मलाई जिउँदो राखेको राखेको रहेछ । मेरो हातभरिका चुरा खेलाउने रहर पुरा नहुँदै फुटाइए । पोते चुड्यो, सिन्दूर पुछियो अब उसले दिएका कुनै चिज मसँग थिएन मेरो सौभाग्य खोसियो । रातो पहिरन छोडेर मैले सेतो पहिरन, पहिरनुप-यो ।
यो समाजका मान्छेले मलाई लोग्ने खाएकी भनेर घरभित्र पस्न दिएनन् म उसलाई सम्झेर धेरै रोएँ । एकछिन पछि अलि पर थुप्रै मान्छेकोहरुको भिड देखियो । के भएको रहेछ भनेर भिड भएको ठाउँ गएँ । एक जना आमाले विवाह पहिरनमा भएको युवकलाई मुर्सादै भन्दै हुनुहुन्थ्यो, "केटी पक्षको सबैको ज्यान गएछ धन्न तँलाई केही भएन छ चिन्ता नगर बाबु केटी त जति पनि पाइहाल्छ तँलाई कतै चोट लागेन नि !"
No comments:
Post a Comment