बदनाम
-रोशन पराजुली
बरगाछी, धरान
"यो राजनीति भनेको फटाहा र बदमासहरुको लागि मात्र हो ।"
जसले समाजमा लडाउने र जुधाउने काम गर्छ। कस्तो बिचित्र भोग्नुपर्ने जीवन, तितो भोगाइका यथार्थमा बित्ने भो ।
"सधैँ डर, त्रास र लुकामारीमै जीवन बित्छ ।" बाले बारम्बार सम्झाई रहनुहुन्थ्यो, उसलाई ।
"यो त कमाउ गर्ने धन्दा हो ! ठुलाले सानालाई दबाएर कुम्ल्याउनु मात्रै हो । यो मेरो जीवनमा भएको यथार्थ हो, बुझिस् छोरा ।"
"बाको कुरा नसुनेर मैले ४० वर्ष राजनीतिमा बिताएँ । त्यहाँ नाम पाएँ तरबदनाम र डाँका ।" निरास हुँदै ऊ एकछिन घोरिएर बस्यो ।
"बा विद्यालयको शुल्क तिर्न पैसा दिनुस् न !" छोराले ऊसँग भन्यो । एकोहोरो सोचाइमा परे उनी ।
"दिनरात नभनी पार्टी र जनताको पछि लागेँ । आखिरमा के पाएँ त मैले ?" त्यही चोर, डाँका ।
बाहिरबाट मुर्दावादको नारा घन्किँदै थियो, हेरिरहेँ परबाट ।
"त्यहाँ त व्यवहार हैन, व्यापार पो भइरहेको देखेँ मैले ।"
No comments:
Post a Comment