Saturday, July 20, 2024

म किन लेख्छु ? (अङ्क १४ मा प्रकाशित)


म मानव भएकोले मेरा पनि मन मस्तिष्कमा रहेका भावनाहरू मैले जानेका भाषा र शब्दहरूका माध्यमबाट जनसमक्ष पस्किँदा ती भावनाहरूले व्यक्ति, समाज र सृष्टिलाई आनन्द, सुख र शान्तिका साथै केही नयाँ कुरा पाएको अनुभूति होस् भन्ने उद्देश्यले म लेख्ने गर्दछु । 

मैले पढेर, भोगेर, सत्सङ्ग गरेर र अभ्यासबाट प्राप्त गरेको कुरा जनसमक्ष पुग्नु पर्दछ भन्ने हुट्हुटी नै मलाई लेखनकार्यमा अभिप्रेरित गर्ने तङ्खव हो ।

सुरुमा म अध्यात्म, धर्म, ईश्वर, परमात्मा र परमशान्ति विषयमा संस्कृत र हिन्दी भाषामा लेखिएका पुस्तकहरूलाई नेपाली सरल गद्यमा अनुवाद र लोकलयमा मात्र अनुवाद गर्ने गर्दथेँ । पछि विभिन्न शुभचिन्तक मित्रहरूको प्रेरणाले गुरूहरूको अगुवाइमा म कविता (गद्य-पद्य), मुक्तक, गजल, लघुकथा, बाछिटा, हाइकु, खोरिया, ताङ्का, सुसेलीसम्मका विधा उपविधाहरू लेख्ने गर्दछु । तैपनि सबैभन्दा मनपर्ने गद्य र पद्य कविता विधा नै हो ।

मानव चेतनशील प्राणी हो । त्यसकारण उसमा जिज्ञासाहरू हुनु स्वाभाविकै हो । मलाई पनि सानै उमेरदेखि ईश्वर के हुन् ? कहाँ भेटिन्छन् ? मुक्ति के हो ? कसरी प्राप्त गर्न सकिन्छ ? परमशान्ति वा मुक्तिको अनुभूति कसरी गर्न सकिन्छ ? आदि विषयको जिज्ञासाबाट विविध धर्म र शास्त्रहरू रूपी समुद्रमा कर्म, भक्ति र ज्ञानको उच्चतम बिन्दु खोज्न हेलिएको हुँ र म यसैमा रमाइरहेको छु ।

सृष्टिमा प्रत्येक जीवनहरूमा स्त्री र पुलिङ्ग साथै तेस्रो लिङ्गीहरूको पनि अस्तित्व रहेको छ । एक लिङ्गीको अर्को लिङ्गीप्रति स्वतःस्फूर्त आकर्षण र प्रेम हुनु स्वाभाविक र प्राकृतिक कुरा हो । सिर्जना र जीवनमा प्रेम भएन भने सृष्टि र जीवन दुवै निरस हुन्छन् । त्यसैले साहित्य सृजनामा प्रेमिल पक्ष सबल हुनु पर्दछ । सिर्जनालाई सुन्दर मनोरम, परिस्कृत बनाउन प्रेमिल पक्ष अनिवार्य हुन्छ ।


.‍‍‍‍....साथ सहयोगको खाँचो

No comments:

Post a Comment