अनिश्चित यात्रा
- प्रद्युम्न अधिकारी
का.म.पा. -७, चाबहिल
सुन्तलीको पति दीर्घरोगी थिए जसले गर्दा उ कडा परिश्रम गर्न सक्तैन थियो । उनीहरूको एउटा १२ वर्षको छोरो थियो । जेनतेन छोरालाई नजिकैको कुनै सरकारी विद्यालयमा भर्ना गरिदिएका थिए । दैनिकी घर व्यवहार चलाउनको लागि भएपनि सुन्तली हरेक दिन मजदुरी काम गर्न विवश थिइन् ।
दिन बित्न कतिबेर लाग्दो रहेछ र ... अब त छोरा पनि ठुलो भैसक्यो । यो ध्रुवसत्य हो कि मानिसको उमेरसँगै उसको शरीरको रुपरङ्ग पनि ढल्कँदै जान्छ । सुन्तलीको उमेरसँगै उनको रुपरङ्ग ढल्कदैं गइरहेको थियो, उता उनको पतिको पनि दिनहुुँ जसो रोगको कारणले शरीर जिणर् बन्दै गएको थियो अनि छोरा पनि अल्लारे भएको थियो ।
एकदिन सबैले यो संसार छोड्नै पर्ने । यो त विधिको नियम नै हो, जसलाई ग्रहण गर्नै पर्छ । सुन्तलीको पतिले सधैंका लागि यस संसारबाट बिदा लिए । जसले गर्दा अब ती दुई आमा छोरा अभिभावकविहीन् हुन पुगे ।
धेरै दुःख र परिश्रम गरी ऋणको बोझ बोकेर भएपनि सुन्तलीले नचाहँदा नचाहँदै आफ्नो छोरालाई पैसा कमाउने उद्देश्यले विदेशमा काम गर्न पठाईन् । सायद सुन्दर र उज्यालो भविष्यको सपना देखेर होला ।
समय बित्ने क्रमसँगै छोरो विदेशमा काम गर्न गएको पनि १ वर्ष बितिसकेछ । तर छोरा पुगेर काम शुरु गरेको खबर बाहेक अरु हालखबरमा सुन्तली अनभिज्ञ नै थिइन् । तर विडम्बना एकदिन खबर आयो । सायद त्यो खबर अशुभ नै थियो होला ... !
आफ्नो बुवाको सहारा त बन्न सकेन सकेन आमाको पनि छोरो सहारा बन्न सकेन । दैवको खेल नै यस्तै रहेछ । विदेशमा दुर्घटनाको कारण उसले पनि यस संसारबाट बिदा लिएको दुःखद् खबर सुन्तलीले सुनिन् । सुन्तली स्तब्ध बन्न पुगिन् ।
सुन्तलीको सबै सुन्दर सपनाहरु...... सिसाझैँ चकनाचुर भए । आज उनी सहाराविहीन् भएकी छिन् । एउटा अनिश्चित यात्रामा कमजोर पाइला चलाउँदै छिन् ।
अब यी कमजोर पाइलाहरू कहिलेसम्म अघि बढ्ने हुन् ? अनि कहाँ गएर टुङ्गिने हुन् .... ?!
..साथ सहयोगको खाँचो
No comments:
Post a Comment