Saturday, July 20, 2024

लघुकथा (अङ्क १४ मा प्रकाशित)

नियतिको निशाना

- इन्दिरा चापागाईं
सूर्यविनायक न. पा. भक्तपुर   



"आहा ! क्या चीज छ यार !"

रुपसीको रुप देख्दा जो कोही लोग्नेमान्छेलाई लोभ लाग्थ्यो र धेरै लोग्नेमान्छेको मुखबाट यस्तै चर्चा हुन्थ्यो । लुगा सिलाउन बुटिकमा जाँदा उनको शरीरको बनौट देखेर स्वास्नी मान्छेहरू छक्क पर्थे । उनको स्तनको आकार र बनौट देखेर ईष्र्या गर्थे । उनी पनि आफ्नो सुन्दरताप्रति गर्व गर्थिन् । गर्व मात्र होइन, घमण्ड पनि । खानपान र व्यायाममा उत्तिकै ध्यान दिन्थिन् । निकै मेहनतले चालीस वर्षे उमेरमा पनि ‘फिगर मेन्टेन’ गरेर पच्चीस वर्ष जस्तै देखिन्थिन् ।

उनलाई आज अलि अस्वस्थ अनुभव भयो र अस्पताल पुगिन् । जाँच परीक्षणपछि रिपोर्ट हेर्दै डाक्टरले भने, “तपाईंलाई स्तन क्यान्सर भएको छ । अप्रेशन गरेर दुवै स्तन फाल्नुपर्छ ।” 


..साथ सहयोगको खाँचो

No comments:

Post a Comment