Saturday, July 20, 2024

लघुकथा (अङ्क १४ मा प्रकाशित)

फोटो

- लीलाराज दाहाल
वागमती ११, कर्मैया, सर्लाही   



हाकिम सुवणर्कुमार गोरखापत्र पढ्दै थिए । कार्यालय सहयोगी बलबहादुर चिया टेबुलमा राखेर उभिएको थियोे । शायद हाकिमको नयाँ आदेशको पर्खाइमा थियोे ।

चियाको गिलास टिप्नका लागि हाकिमले गोरखापत्रलाई फुत्त टेबुलमाथि फालेर आङ्ग तन्काए । हाकिमद्वारा फालिएको गोरखापत्रमा छापिएको एउटा फोटोमा पुगेर कार्यालय सहयोगीका आँखा अडिए । नजिकबाट हेरेर उसले फोटो एकिन गर्‍यो र खुसीले चिच्यायो ।

“हाकिम सा’ब ! यो पत्रिकामा त हाम्रो अफिसको खर्दार सा’बको फोटो पो आएको रहेछ त । के अचम्मको कुरा देख्न पाइयो गाँठे !’’ कार्यालय सहयोगी बलबहादुर खुसीले झण्डै उफ्रिएको थियोे ।

कार्यालय सहयोगीको कुरालाई खासै वास्ता नगरे पनि हाकिमले फेरि गोरखापत्र टिपेर उसले सङ्केत गरेतिर नजर डुलाए । आफ्नै अफिसको कर्मचारीको फोटो चिन्न उनलाई धेरैबेर लागेन । उनी फोटोमुनि छापिएको रचना पनि नियाल्दै थिए । 

“हाम्रै नवराज खर्दार सा’बको फोटो होइन त हजुर ?’’ कार्यालय सहयोगीले हाकिमको अनुहार नियाल्दै फेरि सोध्यो । हाकिम सा’ब तत्काल केही बोलेनन् । उनी कुर्सीमाथि स्थिर भएर बसे पनि मनमनै ईष्र्याको पिङ्ग खेल्दैथिए । उनको अनुहारमा अलिकता आवेगको रङ्ग चढेको थियोे ।

उनले अलि झर्केर भने, “हाम्रो खर्दारको फोटो होइन यो । खर्दारको रचना के छापिन्थ्यो गोरखापत्रमा ।’’


..साथ सहयोगको खाँचो

No comments:

Post a Comment