दुई चटनी
- माणिकरत्न शाक्य
चाबहिल, सरस्वतीनगर
ट्वाँ
एकताका म, साहित्यिक पत्रिका प्रकाशन गर्थे । त्यही सिलसिलामा त्यसबेलाका जल्दाबल्दा कथाकारसँग एकदिन रचना माग्न उहाँको घरमा पुगें । भेटे, नमस्कार आदानप्रदान पछि एकै छिन भलाकुसारी गरे । मैले पत्रिकाको लागि एउटा रचना पाउँछु कि भनेर आएको भन्ने बित्तिकै मलाई त काच्चै खाउँला जस्तै गरी मुर्मुरिदै रिसाएर हेरे, अनि भटटट पड्के । के के भने भने । अन्तिममा- तपाईंहरू आउने बित्तिकै रचना दिन के मेरो दिमाग टुथपेष्ट हो र ! तलबाट निर्चोदा माथिबाट निस्कने । म त ट्वाँ !
सौभाग्यको जागिर
जजमानको सामुन्नेमा परेर ऊ त्यसै त्यसै लाज मान्न थाली । उसलाई जागिर ख्वाईदिने प्रलोभन दिएर जजमानले उसको सर्वस्व लुटे । जजमानलाई प्रसन्न तुल्याई । उसले कुनै पनि वाधा विरोध पनि गरिन ।
केही महिनापछि उसले जजमानको कान्छी श्रीमती बन्ने सौभाग्यको जागिर पो पाइन् ।
......साथ सहयोगको खाँचो

No comments:
Post a Comment