भोक
- निर्मला बराल
मैले देखें । आज पनि उनी पसिनाले निथुक्कै भिजेकी थिइन् । अनुहार हुँदै पसिना उनले कुट्दै गरेको गिटीमा तपतप् चुहिँदै थियो । उनको काखमा एक सानो बालक स्तन चुसिरहेको थियो । ऊ यथासम्भव दुध चुस्न सङ्घर्षरत थियो ।
मैले बगरबाट उठाएँ एउटा शिला, जुन मैले घरमा देउता थापी पुज्दै आएको सुन्दर शिलाहरूजत्तिकै सुन्दर थियो ।
“आजसम्म पनि हजुरले चाहेको भगवान् भेट्नु भएन ?’’ उनले मुस्कुराउँदै अनायास सोधिन् ।
“भगवान् भेट्नु भएन ?’’ आज एक्कासी, मधुरो आवाज आयो त्यस ढुङ्गाबाट, “हेर भक्त ! कति थुपार्छौं घरमा हामी नबोल्नेलाई भगवान् मानेर ! यी ढुङ्गा, कुटिरहेकी आमा र भोको बालकको भोक मेटाइदिने उपाय गर न ! बोल्ने भगवान् त यिनै हुन् नि !“
...साथ सहयोगको खाँचो
No comments:
Post a Comment