गुरूमा
- रञ्जु खनाल
स्कुलको अन्तिम परीक्षा कक्षा छ, सात अनि नौका विद्यार्थीहरू हलमा विज्ञान विषयको परीक्षा दिँदै थिए । नेपाली विषयबाहेक सबै विषयका शिक्षकहरू पार्ट टाइम टिचर हुनाले परीक्षाको पूरा समयमा कोही पनि उपस्थित भएका हुँदैनन्; एकछिन आएर प्रश्न बुझाएर जाने गर्दछन् ।
'गुरुआमा साइन्स सर कतिबेला आउनुहुन्छ ?’ भन्दै कक्षा छ को प्रवेश सापकोटाले सोध्यो पार्वती पाण्डे गुरूमालाई ।
’किन चाहियो साइन्स सर ? समय मिलाएर आइहाल्नुहुन्छ नि ! आउने आउने गर्दै जाऊ, नआउने पछि सोध्नु नि !’, उत्तरपुस्तिकामा दस्तखत गर्दै गुरूमा पार्वती पाण्डेले भनिन् ।
’कोइसन बुझिएन क्या गुरूआमा’, पुनः प्रवेश सापकोटाले व्यग्र भएर भन्यो ।
तत्काल सनिस प्वाक्क बोल्यो, ’गुरुआमालाई सोध्न भन्दिहाल्नु हुन्छ नि ।’
चिन्ता व्यक्त गर्दै प्रवेशले भन्यो, ’गुरुआमा नेपाली पढाउने मान्छेलाई साइन्स कसरी आउँछ र सोध्नु नि ।’
...साथ सहयोगको खाँचो
No comments:
Post a Comment