"ए आमा ! यसपाली त छोरा दसैँको टीका थाप्न घर आउने रे !’’
बुहारीले मोबाइल सासूलाई दिँदै खुसी प्रकट गरिन् । ओछ्यानमै थलिएकी आमा सकी नसकी उठिन् । आगत र विगत कोट्याउँदै गर्दा आमाको आँखा रसायो ।
छोराले भन्यो, "आमा ! अब तपाईंका दुःखका दिन गए । किन रुनु भएको ?’’
आमाले आँसु पुछ्दै भनिन्, "यो त खुसीका आँसु हुन्, बाबु ! घर कहिले आइपुग्छस् ? कति दिनलाई आउँछस् ?’’
उसले हाँस्दै भन्यो, "नवमीको दिन आइपुग्नेछु । अब त म बुढी आमालाई घरमा एक्लै छाडेर फर्किन्न, आमा !’’
’’नफर्केर घर कसरी धान्छस् ? फेरि अधर्मीहरू बसेका यो देशमा तँ टिक्न सक्लास् र ? बरू आएको बेलामा मलाई सुविधा सम्पन्न बृद्धाश्रममा राखेर परिवार पनि लाने व्यबस्था गरेस्, बाबु !’’
उसले दृढ भएर भन्यो, "होइन आमा ! जे जसो भएपनि बाँच्ने जोहो त त्यही गरम्ला । आमा र मातृभूमिको सेवा गरेर म आफ्नै देशमा बस्नेछु ।’’
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment