Sunday, March 30, 2025

लघुकथा (अङ्क २२ मा प्रकाशित)


आँखाहरू एकाएक रोकिए ।  

एकोहोरिएका आँखालाई अन्यत्र पन्छाउन हम्मेहम्मे पर्‍यो उसलाई ।

एकटकले आफूतर्फ हेरिरहेका आँखामाथि आँखा परेपछि उनी उसका सामु पुगिन् र भनिन् ‘असभ्य मान्छे । के हेरेको ? मान्छे देखेको छैन ?’ 

उसले जवाफमा भन्यो ‘आँखाको काम नै हेर्नु हो र यिनले देखेसम्म हेरि नै रहनेछन् ।’

‘कुरा बुझिन मैले, प्रस्ट भन्नुस् के भन्न खोजेको ?’ उनले आक्रोशित हुँदै भनिन् । 

जवाफमा उसले भन्यो  ‘धेरै देखे यी आँखाले, देखिरहेका र देख्ने पनि छन् ।’ 

उनी झनै आक्रोशित भइन् । भनिन् ‘ भो यस्तो दर्शन चाहिएन, आँखाको काम नै हेर्नु हो भन्दैमा के यसरी एकोहोरो हेरिरहने ? नारीको इज्जत गर्नुपर्छ, एउटी अपरिचित नारी माथि यसरी एकोहोरो हेर्नु असभ्यता हो भन्ने थाहा छैन ? दिदी–बहिनी छैनन् ?’ 

उनको प्रश्नले ऊ एकोहोरियो । केहीबेर मौन रह्यो र आफूलाई सम्हाल्दै भन्यो ‘थिइन् एउटी बहिनी तिनै बहिनीको झल्को लागेर हेरेको हुँ ।’ 

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment