सात पत्रे झोलीमा आफ्नो ओजनभन्दा दोब्बर भारी कम्पनीको ठेक्का अनि स्वयंको सर्वाङ्ग संसार बोकेर साँघुरो अनि चिप्लो पाकडण्डीको दैनिकी दौडमा - सुव्यवस्थित अत्याधुनिक ट्रयाकमा महिनौं प्रयासरत प्रशिक्षित धावक बोल्ट अनि मिल्खाहरुलाई पछि पार्ने तरिकाले दौडने चियाबारीकी छोरी-मेरी आमा रोगग्रस्त भएकी छिन्। क्षणमै माइल नाप्ने बलिष्ट गोडाहरु शौचालयसम्म पनि जानै सक्दैन हजारौं मुना चुँडेर नथाक्ने औंलाहरू चिउँडोको जुठो झार्नै सक्दैन अशक्त असहाय जीर्ण शरीरसँग ओछ्यानै परेकी छिन् चियाबारीकी छोरी-मेरी आमा ।
आँधी-हुरी बर्खा खडेरी टाउको दुखाइ रुघा खोकी केहीको परवाहै थिएन थियो त बोनसको बढोत्तरी अनि डवलीको आशा यी दुईको आशातीत कल्पनाभित्र उसको वास्तविकता बाध्यता र बिपना यसरी हातेमालो गर्थ्यो - "भाल्टाङ- भुलटुङ्गको पढाई- लेखाईमा नयाँ राम्रा नाना चिचिमाम चाढ़मा प्रसादी - भेटी भगवानको पूजामा दान - दक्षिणा दशैं र तिहारमा"।
बिपनाको यस्तो जटिल आवश्यकता मात्र सपना सरह कहिल्यै पूरा नहुने गरी यथार्थताको हातेमालो छुट्याएर उ सँगै लम्पसार परेकी छिन् निकै सिकिस्त भएकी छिन् चियाबारीकी छोरी-मेरी आमा।
व्यवस्थाले बे-वास्ता गरेको कमाने जीवन दूधको तातो घुट्को न निल्नु न त ओकल्नु झोलीभन्दा गलेको फाटेको जीवन न गरी खानु न त मरी जानु ।
हिजो र आजमा फरक नभएको भोलि परिवर्तनको आशै नरहेको केवल नारा जुलुस लामा भाषण र आश्वासन शोषण अनि षड्यन्त्रले कैदी बनाएको बगाने जीवन। सन्तान दर सन्तान उस्तै अवस्था कहिल्यै नमिलेको तह र व्यवस्था ।
युद्ध नलडेको हैन सङ्घर्ष छोडेको पनि छैन परिपाटी यथावत रहेपछि आफै परिवर्तन भएकी छिन्। स्वास्थ हुन नसक्ने गरी बिरामी परेकी छिन् चियाबारीकी छोरी - मेरी आमा । चियाबारीकी छोरी - मेरी आमा ।।
***********
हामी पाखे रे !
हिजो पाखा बेचेर सहर बसाइँ सर्नेले आज हामीलाई नै पाखे भन्छन - हाम्रो आफ्नै पर्नेले । हामीलाई अति प्यारो छ पूर्खाको किपट पाखा बिर्सेछन् अब साथीहरुले सबै कुरा अच्छा-खासा । हावा शुद्ध छ यहाँ पानी उस्तै छ असल बिचार मिल्दो छ यहाँ व्यवहार सबै कुशल । पर्म मरेको छैन यहाँ गोठाला खेताला जिउँदैैछन् मान-सम्मान यथावत यहाँ खुसीमा रमाउछन् सबै । ऐंचो-पैंचो चल्छ यहाँ हातसारो पनि हुन्छ जून-तारा हैन यहाँ घर्तीमा तोरी फुल्छ । परिवारहरु बस्छन् यहाँ समाज र गाउँ पनि छ भोका-नाङ्गा होलान तर मान्छेहरु बस्छन यहाँ । लडे उठाउने हात छ यहाँ भर दिने काँध पनि छ संस्कारयुक्त संस्कारी छन संस्कृतिको रमझम नी छ । दुःख्दा हाँस्ने हैन यहाँ मलहमपट्टी गर्ने मन छ सहयोगको निम्ति तत्पर सधैँ हाजिर हुने तन छ । लैबरी लैको भाका छ यहाँ मादल घम्कन्छ गाउँमा सेलो सोरठी गुञ्जिन्छ यहाँ कम्मर मर्काउँछन नाचमा । बिहे हुँदा जन्ती छन् हजुर मर्दालाई मलामी हाजिर लाश उठाउन गाह्रो छैन निम्तो बाँड्न पर्दैन यहाँ ।

लाश गाड्न कत्तै फेरि
झगडा लाग्दैन यहाँ
प्रशस्तै छ आ-आफ्नै
पूर्खाहरु सुतेका पाखा ।
खरबारी र बाँसघारी
अम्लिसो अदुवाबारी
प्रशस्तै छ अलैँचीबारी
चियाबारी र सिनकोनाघारी ।
बसुधैव कुटुम्बकमको
मन्त्रमा चल्छन गाउँले
सायद यसैले पाे हो कि?
हामीलाई पाखे भन्छन् ।
- गोरूबथान, कालेबुङ, भारत
यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि
trichandra.shrestha@gmail.com

No comments:
Post a Comment