Thursday, July 18, 2024

लघुकथा संसार मासिक अङ्क १४ (सम्पादकीय)

 चाडपर्वको ऊर्जा र पहिरो जिन्दगी

भनिन्छ बाँच्नु मात्र पर्दछ, यहाँ के-के देखिन्छ भनी साध्य छैन । परिवर्तनले जिन्दगीमा हरियाली ल्याइदिन्छ । यस्तो स्थिति आए जस्तो लाग्दैन । हुन त परिवर्तन हिजो पनि भएको हो, त्यो भोलि पनि हुन्छ । यसको फाइदा केही सीमित व्यक्तिहरुले उठाएका छन् । समग्र रुपमा धेरैले यसको अनुभूति गर्न पाएका छैनन् । अनि परिवर्तन कसका लागि हो ?

अब बिस्तारै चाडपर्वहरु सुरु हुँदैछ । जसले बाँच्ने कला सिकाउँदछ । जिन्दगी के हो? के बाँच्नु मात्र जिन्दगी हो त? जिन्दगीमा साना-ठूला घटनाहरु घटिरहन्छ । यो आउने जाने क्रम चलिरहन्छ । यसबाट माथि उठ्नु नै जिन्दगी हो । यसको महत्व कति छ भने कुरा यिनै चाडपर्वहरुले बेला मौकामा सिकाइरहेको हुन्छ ।

यतिखेर बाढी र पहिरोको मौसम छाएको छ । यसले धेरैको ज्यान पनि लिइसकेको छ । पूर्व तयारी हुन नसक्दा यस्ता दुर्घटना बर्सेनि बढ्दै गइरहेको देखिन्छ । भौगोलिक विपत्तिलाई बेलैमा नियन्त्रण गर्न के कस्ता परिपाटी अपनाउने हो, त्यतातिर ध्यान किन नगएको होला । परिणामत जुन जोगी आए पनि कानै..... भन्ने उखान चरितार्थ भएको देखिन्छ बर्सेंनि । हेर्दा सामान्य जस्तो लाग्ला तर यसको प्रभाव दीर्घकालसम्म रहिरहने हुन्छ ।

अन्त्यमा, लघुकथा संसार विभिन्न उतारचढाव पार गर्दै अघि बढिरहेको छ ... यसबीच थुप्रै सुझाव र प्रतिक्रिया पाइरहेका छौं । जसले हामीलाई ठूलो ऊर्जा मिलेको छ । त्यो हाम्रो लागि प्रेरणाको स्रोत हो । आशा छ, आउने दिनमा पनि यस्तो सद्भाव एवं विश्वास प्राप्त भइने रहनेछ।

अङ्क १४ पढ्न र डाउनलोड गर्नका लागि



No comments:

Post a Comment