Saturday, March 23, 2024

अनुवाद लघुकथा (अङ्क १० मा प्रकाशित)

बजारको माग

-डा. लता अग्रवाल 'तुलजा'
अप्सरा कोम्प्लेक्स 'ए' सेक्टर, इंद्रपुरी भेल क्षेत्र भोपाल



गुरुदेव, एउटा जिज्ञासा मनमा थियो । शिष्यले गुरुलाई निवेदन गर्दै भने ।
- कस्तो जिज्ञासा हो?
- गुरुदेव, म दस वर्षदेखि हजुरसँगै छु । पहिले-पहिले हजुरले महिलाहरुलाई दिने प्रवचन सन्देशमुलक हुन्थ्यो । जसमा आफ्ना लोग्नेका कुरा मान्नु र सासू-ससुराको सेवा गर्नुजस्ता कुरा त्यहाँ आउँथ्यो । आजभोलि उनीहरुका लोग्नेहरुको चरित्रबारे ज्ञान दिनुहुन्छ । लोग्ने र स्वास्नी बीच एक आपसमा सम्मान भएन भने त्यस घरपरिवारमा लक्ष्मीको वास नभएर सुख-शान्ति हुँदैन । यस्ता कुरा गरेर कस्तो परिवर्तन खोज्नु भएको हो? मैले त केही बुझिन् ।

- शिष्य, तिमीलाई यो कुरा थाहा छैन । बजारमा जसको माग बढी हुन्छ, त्यसै अनुसार चल्न जान्नुपर्छ । अनि मात्र सफलता हात पर्छ ।

- मैले अझै बुझिन?
- अहिलेको राजनीतिमा महिला उत्थानका कुरा बढी उठ्ने गर्छ । जसरी राजनीतिको हावा चल्छ । त्यसै अनुसार बग्न जानुपर्छ । यसो गर्दा हामी बच्न सक्छौ ।

- त्यो त बुझे, तर?
- तर... तिमी आफै भन्न त प्रवचन सुन्न आउने को बढी छ?

- महिलाहरु बढी छ?
- तसर्थ महिलाहरुसँग निहुँ खोजेर हाम्रो धन्दा चल्दैन, अतः सो बमोजिम चल्नुपर्छ बिझ्यौ?
- सबै कुरा बुझेँ गुरुदेव ।

अनुः गगनदीप सर्व
(हिन्दी भाषााबाट अनुदित)


 

 

No comments:

Post a Comment