Monday, September 23, 2024

लघुकथा (अङ्क १६ मा प्रकाशित)

पोको

- रमेन्द्र कोइराला
डोरी लघुकथासङ्ग्रहबाट



गायिकाले मन्चमा गाउन सुरु गरिन् । दर्शकहरू हेर्दै थिए । केही छिनमा पाँच जनाको एउटा समुहले घाँटी दुख्ने गरि चिच्याइ चिच्याइ गायिकालाई साथ दिएर गाउन थाले । शुरुमा त कसैले ध्यान दिएका थिएनन् तर केही छिनमै अरुले पनि सुर मिलाएर गाउन थाले । हेर्दाहेर्दै पुरै भीड गानामा झुम्मिन थाल्यो ।

ती पाँचजनाको समुहले त अगाडिको बाँसको बार नै भत्काउन आँटे । गाना लाइभ थियो । एकैछिनमा भाइरल भयो । गायिकाको खुसीको सिमा रहेन ।

कार्यक्रम सकिएपछि गायिकाले ती पाँच जनासँग गोप्य भेटघाट गरिन् ।

उनले तिनीहरुको हातमा खुसुक्क एउटा पोको थमाइ दिइन् ।


..‍.साथ सहयोगको खाँचो

No comments:

Post a Comment