अमर शहीद 'दीपक' को पार्थिव शरीर देखेर पूरै गाउँ रोइरहेको थियो । तर उनकी श्रीमती भने केही खोजिरहेझैँ गरी शवलाई नियाल्न व्यस्त थिइन् ।
जब कसैले उनलाई झक्झक्याउँदै सोध्योः “के भयो? के खोज्दै हुनुहुन्छ?”
उहाँले भन्नुभएको थियो, 'जब म शहीद हुन्छु, तब यो पदक मेरो छातीमा राखिदिनु है! म यसलाई आफूसँगै लैजान चाहन्छु।' मासुको यो थुप्रोमा त्यही छाती खोजिरहेकी छु।
– बिजुरी, मध्य प्रदेश, भारत
No comments:
Post a Comment