Showing posts with label डा. पुरुषोत्तम दुबे. Show all posts
Showing posts with label डा. पुरुषोत्तम दुबे. Show all posts

Tuesday, March 3, 2026

अनुवाद लघुकथा (अङ्क ३२ मा प्रकाशित)



 
पहिलो दृश्य ! 

तबलाको सानो भाग जसलाई डिग्गी भनिन्छ, त्यसमा थाप परिरहेको थियो, “धिग् धिग् धा.., धिग् धिग् धा ।’’ कुनामा रहेको वाइलिन रोइरहेको थियो, “रीं रीं रीं रीं ।’’

दोस्रो दृश्य !

“तरङ्गिताका बुबा ! तपाईंले घरलाई सङ्गीतशाला बनाउनुभएको छ ।’’ शामलीले आफ्नो पतिसित भनिन् ।

“अरू केही नभएर, छोरीलाई सङ्गीतशालामा हालिदिनुभयो ?’’

“तिमी पनि शामली !’’ पति प्रणवले छोरी तरङ्गिताको पक्ष लिंदै भने, “केटीहरूमा घरको कामकाजबाहेक अरू सिप पनि हुनुपर्छ ।’’

तेस्रो दृश्य !

तरङ्गितालाई हेर्ने केटा शैलेस, उसकी आमा र उसको बुबा तरङ्गिताका घरमा आएका छन् ।

तरङ्गिताले चिया नास्ताले सजिएको ’ट्रे’को साथमा बैठक कक्षमा आइन् । 

चौथो दृश्य !

“छोरालाई नाचगानमा कुनै रुचि छैन । ऊ घरलाई सङ्गीतको घराना बनाउन चाहँदैन । घरलाई मन्दिर नै बनाउन चाहन्छ ।’’ तरङ्गिताको रुचि थाहा पाएर केटाकी आमाले चासो दिएर भनिन् ।

जवाफमा तरङ्गिताले अघि सर्दै भनिन्, “मन्दिर पनि आरती र भजनविना संज्ञाहीन हुन्छन् ।’’

पाँचौ दृश्य !

तबला, बेन्ड बाजा बनिसकेको थियो अनि वायलिनचाहिँ सहनाई ।

-आगर (मालवा) मध्य प्रदेश, भारत

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।