अर्ध–अँध्यारो कोठामा जूनको मधुर प्रकाश सुस्मिताको देहमा छरिएको थियो । अविनाशको नजर उनको बायाँ स्तनको माथिल्लो ढल्कावटमा रहेको त्यो सानो र गाढा कोठीमा पुगेर अडियो ।
“सुस्मिता, यो सानो बिन्दुलाई हेर त,’’ अविनाशले औँलाले सुस्तरी स्पर्श गर्दै भन्यो, “यस्तो लाग्छ, प्रकृतिले तिम्रो सौन्दर्यको व्याख्या गर्दागर्दै थाकेर यहाँ एउटा अर्थपूर्ण पूर्णविराम लगाइदिएको छ ।’’
सुस्मिताले अविनाशको हातलाई आफ्नो हातमा लिइन् र सोधिन्, “पूर्णविराम कि प्रस्थानविन्दु अविनाश? तिम्रो नजर यहाँ आएर रोकिन्छ कि यहाँबाट तिम्रो तिर्खा सुरु हुन्छ?’’
“सुरुमा त यो केवल एउटा आकर्षण थियो,’’ अविनाशले गम्भीर हुँदै भन्यो, “तर अहिले मलाई यो एउटा यस्तो ध्रुवतारा जस्तो लाग्दैछ, जसले शरीरको यो विशाल भूगोलमा म जस्तो पथभ्रष्ट प्रेमीलाई प्रेमको सही दिशा निर्देश गरिरहेछ ।’’
सुस्मिता मुस्कुराइन्, तर त्यो मुस्कानमा एउटा रहस्यमयी गहिराई थियो । उनले भनिन्, “तिमी पुरुषहरू कति चाँडै दार्शनिक बन्छौ है? तर मेरा लागि यो कोठी मेरो शरीरको त्यो 'शून्य’ हो, जसले आफू उभिएको ठाउँको मूल्य दश गुणा बढाइदिन्छ । यो नहुँदो हो त, सायद तिम्रो लागि यो देह केवल मासुको थुप्रो मात्र हुन्थ्यो ।’’
अविनाशले भावुक हुँदै भन्यो, “त्यसोभए यो शून्य होइन, यो त ब्रह्माण्डको त्यो "ब्ल्याक होल’ हो, जसले मेरो सारा अहङ्कार र वासनालाई आफूभित्र तानिरहेको छ ।"
साँझ ढल्दै गयो । स्पर्शहरू सघन भए र संवादहरू बिस्तारै मौनतामा विलिन भए । जब अविनाशले समर्पणको अन्तिम घडीमा त्यो कोठीलाई चुम्यो, सुस्मिताले लामो सास फेर्दै कानाफूसी गरिन्— “अविनाश, मान्छेहरूले यसलाई कामवासनाको बिन्दु भन्छन्, तर वास्तवमा यो त मेरो शरीरमा तिम्रो निष्ठा जाँच्न बसेको एउटा सानो "अदालती साक्षी’ पो हो !"
- इटहरी, सुनसरी


No comments:
Post a Comment