Monday, January 8, 2024

अनुवाद लघुकथा (अङ्क ८ मा प्रकाशित)

सान्त्वना

- डोली शाह
हैलाकंदी, असम, भारत  



श्रेया सङ्ग्रहालय हेर्न भनी आज तयारी भएर बसेकी थिइन् । तर म नै कार्यालयको व्यस्तताले चाँडै आउन सकिनँ । जसले गर्दा श्रेया रिसाएर सुतेकी थिइन् ।

यसको केही समय बितेपछि सुरेश खानेपानीका लागि फ्रिजको ढोका खोल्न लाग्दै रहेछ । त्यत्तिकैमा श्रेयाले तुरन्तै सिसीबाट पानी गिलासमा सारेर दिइन् ।

- यो मैले नै लिन्छु नि, तिमीले किन दुःख गरेको हो?
- यो दुःख हैन नि, यो मेरो कर्तव्य हो । आफ्नो रिसमा म आफ्नो कर्तव्य कहाँ भुल्न सक्छु र !

यो सुनेर सुरेशको अनुहार उज्यालो भयो । दुवै जना रमाइलो गर्दै हाँस्न थाले । अचानक त्यहाँ श्रेयाको स्वास्थ्य बिग्रियो र केही दिनपछि निधन भयो ।

अब सुरेश एक्लै भए । राती पनि श्रेयाको छायाँ देख्न थाले । त्यसकै सम्झनामा डुब्दै थिए । एक दिनको कुरा हो, उनको नजिकैबाट दही बेच्न आएकी महिला कराउँदै आइन्-

- दही लिनुहोस् दही...
- यो अब कसले खान्छ, जब कि खाने मान्छे नै गइसकेको छ । सुरेशले भावुक स्वरमा भन्यो ।

- साहेब, आज निकै गर्मी बढेको छ । तपाईं आफै खानुहोस् । जब गइसकेको मान्छेलाई सम्झेर अब के हुन्छ? यो संसार यस्तै छ । जबसम्म हामी बाँच्छौ, आफ्नो कर्तव्य र दायित्वबाट पन्छिन मिल्दैन । जसलाई सम्झिदा पनि आउँदैन भने त्यसले हाम्रो स्वास्थ्यलाई हानि गर्दछ । समयले हरेक दुःख र पीडालाई बिर्साउँदै लान्छ । कुनै बखत मेरो पनि साहेबको जस्तै अवस्था थियो तर आफूले जिन्दगीमा गरेको भोगलाई हामीले यहाँ भोग्नै पर्दछ ।

-हो, तपाईले ठीक भन्नुभयो ।

सो वृद्ध महिलाको कुराले सुरेशलाई निकै प्रभावित पारेको थियो । अब उनी नयाँ सोचका साथ आफ्नो जिन्दगी बिताउन कटिबद्ध रहे ।

अनुः गगनदीप सर्व

(हिन्दी भाषाबाट अनुदित)


 .....साथ सहयोगको खाँचो

No comments:

Post a Comment