Friday, April 12, 2024

रमेशचन्द्र घिमिरेका तीन बालकविता


  

प्यारो शनिबार  

हप्ता दिनमा मुस्किलले पाइने उपहार थाकेकालाई आराम दिन्छ प्यारो शनिबार बिहानभरि ओच्छ्यानमा पर्दै लम्पसार ढुक्कसँग सुत्न पाइने प्यारो शनिबार लगाउनु पर्छ अब दुःख, चिन्ता पार डुल्ने, घुम्ने दिन हो आज प्यारो शनिबार कस्तो रह्यो हप्ता हाम्रो ल्याई समाचार सुनाउन जुटौँ न त प्यारो शनिबार बारीतिर काम गरौँ उखेलेर झार नुहाउन जाऔँला अनि प्यारो शनिबार कति सुत्या ? उठ्ने होइन ? भन्छिन् तारन्तार, केको आँखा खुल्थ्यो आमा, प्यारो शनिबार रमाइलो गर्नु नै हो जिन्दगीको सार हाँसौँ, खेलौँ, नाचौँ, गाऔँ प्यारो शनिबार ।


यो हो बाँसको तामा !

माथि शिरदेखि तल पाउसम्म छोपी जिउ टम्म बस्छ गजधम्म लगाएर जामा यो हो बाँसको तामा ! पैल्यै उमालेर तीतो स्वाद मारी ट्वाक्क पारी पारी खाऔँ तरकारी भन्नुहुन्छ आमा यो हो बाँसको तामा ! कुनै अल्लि छोटा कुनै चाहिँ लामा हेर्न जाऔँ मामा तल पखेरामा गाडिएझैँ खामा यो हो बाँसको तामा ! 

 

आऊ आफ्नै घर

किन जान्छौ पर ? आऊ आफ्नै घर न त घामको चर्को न पानीको दर्को घरभित्रै बस्दा हुन्न केहीको झर्को यस्तो कतै छ र ? आऊ आफ्नै घर न भालु न बाघ छ न त चोर लाग्छ ढोका बन्द गरेपछि सातो आफै भाग्छ छैन केहीको डर आऊ आफ्नै घर बाजेदेखि नाति सबै कति जाति बस्छन् रमाउँदै भई साथी–साथी नहोऊ तर–तर आऊ आफ्नै घर - भोर्लेटार, लमजुङ

 

यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  trichandra.shrestha@gmail.com
 


 

No comments:

Post a Comment