Sunday, April 14, 2024

कथा संसार मासिक अङ्क ११ (सम्पादकीय)


 

...साथ सहयोगको खाँचो

हरेक व्यक्तिको आ-आफ्नै कथा र व्यथा हुन्छ । जुन धेरै जनासित संजोग परेका पनि हुन सक्छन् । त्यसलाई कतिले शब्द मार्फत् उतारेका हुन्छन् । हुन त यी कुराहरुलाई चलचित्रले अझ नजिक ल्याइदिएको हुन्छ ।

यी घटनाक्रम कसै-कसैलाई एकादेशको कथाजस्तै लाग्न सक्छ । कतिपय कुरा नहुँदा-नपाउँदा जीवन सकियो भन्नेहरु पनि छन् । आफूले भनेका सबै कुरा पूरा भए, त्यो चाहिँ ठीक भने एकथरी पनि छन् । जीवन हिसाब किताब हैन जुन जोड घटाउले मात्र निणर्य गर्छ भने छैन । यो सदैव सन्तुलित हुनुपर्छ ।

हाम्रा गुनासा धेरै छन् । त्यो जम्मै पूरा हुन्छ भने पनि छैन । तैपनि हामी त्यसकै पछाडि दगुरिरहन्छौ । हरेक सकारात्मक सोचले उत्प्रेरणा दिइराखेको हुन्छ । यी कुराहरु थाहा पाउँदा पाउँदै किन हाम्रो सोचाइ नकारात्मक बनिदिन्छन् । यसले पनि बेला-बेलामा हुटहुटी जगाउँछ । तसर्थ, घुम्दै फिर्दै नववर्ष पुनःघरदैलोमा प्रवेश गर्न आइसकेको छ ।

अन्तमा, लघुकथा संसारले आज जे जति उपलब्धी हासिल गर्न सक्यौ । त्यो तपाईंहरुकै माया र सद्भावपूणर् व्यवहारले गर्दा हो । यसै बीच जुन-जुन सामग्री पस्केँ । त्यो आफैमा मीठो र स्वादिलो भएको होला । आउँदा दिनहरुमा त्यो अझ रसिलो र गुनिलो हुने आशामा छौं ।

 अङ्क ११ पढ्न र डाउनलोड गर्नका लागि

No comments:

Post a Comment