Wednesday, April 17, 2024

लघुकथा (अङ्क ११ मा प्रकाशित)

बहुरूपी दुनियाँ

- त्रिविक्रम पाण्डे
दोलखा, हालः दधिकोट, भक्तपुर   


दिन साँझमा रुपान्तरित भइरहेको थियो । सुमती एकै ठाउँमा बसी-बसी तनाव अनि चिन्तामा डुबिरहेकी थिइन् । उनी यसपालि पहिलो चोटी गाउँबाट आफ्नो लोग्नेसँग सहर आएकी थिइन् । उनलाई जब लोग्नेले भनेँ, हिँड तिमीलाई सहर घुमाएर ल्याउँँछु तब उनी खुसी हुँदै भित्रभित्रै खुबै रमाएकी थिइन् । सहर आइपुगेर कोठाभित्र छिरेपछि उनको लोग्ने भन्दै गयो कि, “यहाँबाट ननिक्लिनु, म आइहाल्छु ।” त्यसपछि सुमती लोग्नेको बाटो हेरी चुपचाप त्यहिँ बसिरहिन् । अपरिचित सहरमा अपरिचित नयाँ नौला मान्छेहरु माझमा उनी डराउन थालेकी थिइन् । भाषा पनि विदेशी उनले बुझ्दै नबुझ्ने खालको थियो ।


सुमती साधारण पढे लेखेकी भए तापनि छिमेकी राष्ट्रको हिन्दी भाषामा समेत उनको पहुँच अर्थात् दख्खल थिएन । अन्तर मनमा उनलाई आफ्नी ठूली आमाको कुरा याद आउन थाल्यो कि, “तँलाई कसले विवाह गरेर लैजाला ? जसले लगे पनि तँलाई फेरि ऊ छाडेर जाला...” अनि यो कुरा सम्झेर उनको एउटा आँखा रसाउन थाल्यो, अर्को त आँखै थिएन । सत्यतथ्य बुझेर उनी एक्कासी उठिन् र सबैभन्दा पहिले लगाइरहेको पोते तिलहरी फुकालिन् र त्यसलाई बिक्री गर्नका लागि हिँडिन् । अपरिचित सहरमा अपरिचित यात्रामा, आफ्नो एक आँखासँगै बहुरुपी दुनियाँ अवलोकन गर्न ।


..साथ सहयोगको खाँचो

No comments:

Post a Comment